म्युजिक एण्ड फेसन अवार्डका मनोनितलाई प्रमाणपत्र

डिसी नेपाल
२२ जेठ २०७९ ८:३४
148
Shares

काठमाडौं। तेश्रो संस्करणको ‘नेपाल म्युजिक एन्ड फेसन अवार्ड २०२२’को उत्कृष्ट ५ को मनोनयनमा परेका कलाकार तथा प्राविधिकहरुलाई मनोनयनको प्रमाणपत्र प्रदान गरिएको छ। उनीहरुलाई गत शुक्रबार काठमाडौंमा एक कार्यक्रमबीच मनोनयन प्रमाणपत्र प्रदान गरिएको हो।

तेश्रो संस्करणको नेपाल म्युजिक एन्ड फेसन अवार्ड २०२२मा विभिन्न ४० विधामा मनोनयन पत्र प्रदान गरियो। यस्तै नेपाल सर्ट फिल्म अवार्डको विभिन्न एक दर्जन विधाका मनोनयनलाई पनि कार्यक्रममा प्रमाणपत्र प्रदान गरियो।

विलक्षण क्रियसनको सहकार्यमा स्टार वान इन्टरटेनमेन्टद्वारा आयोजित कार्यक्रममा गायक यम बराल, निर्देशक एवम् अभिनेता नवल खड्का, गजित बिष्ट, संगीतकार राजेन्द्र बजगाईं, निर्देशक लक्ष्मण सुवेदी, मेरो बिमाका सिईओ शंकरबहादुर घिमिरे, नायव महाप्रबन्धक सविन भट्टराई, सेल्स अफिसर सुमित्रा कोइराला, गीतकारहरु सुरेश वाग्ले, निलकन्ठ सुवेदी, पूर्व गृह उपसचिब प्रेम शर्मा रेग्मीलगायतले सम्बन्धित कलाकारलाई प्रमाणपत्र प्रदान गरे।

लोक, आधुनिक, पप, लोक दोहोरी, गजल, राष्ट्रिय, भाषाभाषी गीतहरुका गायक, गायिका, संगीतकार, गीतकार, भिडियो निर्देशक, अभिनेता, अभिनेत्री, छायाँकार, सम्पादक, नृत्य निर्देशक, संगीत संयोजकलगायतलाई कार्यक्रममा मनोनयनको प्रमाणपत्र प्रदान गरिएको हो।

सन् २०११ जनवरीदेखि सन् २०२२ जनवरीको अन्त्यसम्मका सार्वजनिक भएका गीत संगीतले यसपटक अवार्डमा भाग लिएको पनि आयोजक बालकृष्ण पोखरेलले जानकारी गराएका छन्। अवार्ड आगामी असार ३ गते हुनेछ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *