अस्ट्रेलियाको सिड्नीमा ‘नाइट इन्फिनिटी’ हुँदै
काठमाडौं। नेपाली गायकहरूले अस्ट्रेलियाको सिड्नीमा सांगीतिक प्रस्तुति दिने भएका छन्। युवा पुस्तामा रूचाइएका नेपाली गायकहरूले सांगीतिक प्रस्तुत दिन लागेका हुन्।
नेपाली टचले एक्सपर्ट एजुकेसनको आयोजनामा सिड्नीमा ‘नाइटी इन्फिनिटी’ कार्यक्रम हुन लागेको छ। जसमा नेपाली गायकहरु स्वप्न सुमन, ओएसिस थापा, एकदेव लिम्बू तथा छेवाङ लामाले आफ्नो प्रस्तुती दिनेछन्।
यही ९ जुन अर्थात २६ जेठमा सिड्नीको डार्लिङ हार्बरस्थित होम द भेन्यूमा कार्यक्रम आयोजना हुनेछ। उक्त कन्सर्टको टिकट अनलाइन मार्फत लिन सकिने आयोजक संस्थाले जनाएको छ।
१८ वर्षमाथिका दर्शकहरूले सहभागिता जनाउने सक्ने उक्त कार्यक्रम स्थानीय समयअनुसार राति ८ बजेदेखि सुरु हुनेछ।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment