‘द दिल्ली फाइल्स’ बनाउदै विवेक अग्निहोत्री
मुम्बई। निर्देशक विवेक अग्निहोत्री फिल्म ‘द कश्मीर फाइल्स’ रिलिज भएपछि चर्चामा आए। यो फिल्ममा निर्देशक अग्निहोत्रीले सन् ९० को दशकमा कश्मिरी पण्डितहरुमाथि भएको अत्याचारलाई देखाउने कोसिस गरेका थिए। जसमा उनी सफल पनि भए। २० करोडको लगानीमा बनेको यो फिल्मले बक्स अफिसमा धमाकेदार कमाई गर्यो।
अहिले फिल्मका फ्यानहरु ‘द कश्मीर फाइल्स २’को प्रतिक्षा गरिरहेका छन्। यी विषयमा विवेकले दोस्रो भाग बनाउने घोषणा गरेका छन्। धेरै फ्यानहरुले ट्वीटरमार्फत निर्देशकलाई फिल्मको आगामी भाग निर्माणको बारेमा प्रश्न गरिरहेका छन्।
उनीहरुको प्रश्नको समाधान गर्दै अग्निहोत्रीले आफ्नो नयाँ फिल्म ‘द दिल्ली फाइल्स’लाई ‘द कश्मीर फाइल्स’को दोस्रो भाग पनि व्याख्या गरेका छन्। ‘धेरै आतंकी संगठन, पाकिस्तानी, कांग्रेस, शिव सेना र अर्बन नक्सल मलाई कश्मीर फाइल्स २ को बारेमा सोधिरहेका छन्। म वाचा गर्छु कि तपाईंहरुलाई निराश बनाउदिन। भाग २ को नाम द दिल्ली फाइल्स हो। आफ्नो क्षमता बढाउन सुरु गर्नु। यो फिल्म सन् २०२४ मा आउदैछ’, उनले ट्वीटेका छन्।
विवेकका अनुसार ‘द दिल्ली फाइल्स’ सन् १९८४ को ब्ल्याक च्याप्टरमा आधारित हुन्छ। ‘सन् १९८४ भारतको लागि कालो अध्याय मानिन्छ। जसरी पुरा पञ्जाबमा आतंकवादको स्थिति सम्हालिएको थियो, त्यो अमानवीय र भोट बैंकको राजनीतिका लागि गरिएको थियो। त्यसकारण पञ्जाबमा कांग्रेसले आतकंवाद बढाएको थियो। पहिला उनीहरुले यसलाई बनाए र पुनः नष्ट गरे। यसपछि धेरै निर्दोष व्यक्तिहरु मारिए र यो मामलामा आजसम्म कसैले न्याय पाउन सकेका छैनन्। यो भन्दा दुःखको कुरा अरु के हुनसक्छ। तर, यदि व्यक्तिरुलाई इतिहास र तथ्यबारे पढाईयो भने मानिसहरु न्यायको माग गर्छन्। जसकारण सरकार झुक्ने सम्भावना हुन्छ’, उनले भनेका छन्।
फिल्म ‘द कश्मीर फाइल्स’ ११ मार्चमा रिलिज भएको थियो। जसमा अनुपम खेर, मिथुन चक्रवर्ती, पल्लवी जोशी, दर्शन कुमार, चिन्मय मण्डलेकर जस्ता कलाकारको अभिनय थियो। फिल्मले २ सय ५० करोडभन्दा बढीको व्यापार गरेको थियो।
No ads found for this position

डिसी नेपाल
Facebook Comment