बाँकेमा १६ वर्षीया किशोरी बलात्कृत, आरोपित सात जना पक्राउ

डिसी नेपाल
२३ जेठ २०७९ १३:१८
160
Shares

बाँके। बाँकेमा १६ वर्षीया किशोरी बलात्कृत भएकी छन्। उनलाई बलात्कार गरेको आरोपमा प्रहरीले बैजनाथ गाउँपालिका–८ बस्ने २३ वर्षीय राजकुमार थारु लगायत ७ जनालाई आइतबार पक्राउ गरेको छ।

इलाका प्रहरी कार्यालय धनौलीबाट खटिएको प्रहरीले खजुरा गाउँपालिका–५ चाईना इँट्टाभट्टा नजिक शंकास्पद रूपमा हिँडिरहेको अवस्थामा पक्राउ गरेको हो। भे.३ प ३५२७ नम्बरको मोटरसाइकलमा ती किशोरीलाई २ जना पुरूषले बिचमा राखी हिँडिरहेको अवस्थामा पक्राउ गरिएको प्रहरीले जनाएको छ।

सोधपुछ तथा अनुसन्धानको क्रममा बैजनाथ गाउँपालिका–८ बस्ने १७ वर्षीय किशोरले ती किशोरीलाई फेसबुक मार्फत सोही ठाउँस्थित मानखोलाको छेउमा रहेको बंगुरको खोरमा बोलाएको खुलेको थियो।

खोरमा राजकुमार थारु लगायत ५ जनाले बलात्कार गरेको र २ जनाले बलात्कारपछि ती किशोरीलाई घरतर्फ छोड्न जान लागेको अवस्थामा उनीहरुलाई पक्राउ गरिएको थियो।

थप अनुसन्धानपछि घटनामा संलग्न ७ जनालाई पक्राउ गरिएको हो । घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *