सार्वजनिक ढुंगेधाराको विद्यार्थीले गरे सरसफाई – Dcnepal

सार्वजनिक ढुंगेधाराको विद्यार्थीले गरे सरसफाई

भक्तपुर । ‘एक सम्पदा एक स्कुल सरसफाई’ कार्यक्रमअन्तर्गत भक्तपुरको एभरेष्ट इङ्गलिस स्कुल मिवाछे व्यासीका विद्यार्थीले स्कुल नजिकै रहेको सुकपाली हिटी (सार्वजनिक ढुंगेधारा)को सरसफाई गरेका छन् ।

स्कुलका कक्षा ९ मा अध्ययनरत २७ जना छात्रछात्राहरूले सामुहिक रुपमा धारो र आसपासको क्षोत्र सरसफाई गरेका हुन् । उनीहरूलाई चार जना शिक्षकशिक्षिकाले सहयोग गरेका थिए ।

उनीहरूले त्यहाँं रहेका झारपात उखेल्ने, बन्द भएको पानीको निकास खोल्ने, जाम भइ बसेको पानी निकाली फाल्ने लगायतका काम गरेका थिए ।

आ-आफ्नो घर अगाडिको पुरानो ऐतिहासिक ढुंगेधारा सफा गर्न विद्यार्थी आएको देखेपछि स्थानीय खुशी भएका थिए । त्यसपछि उनीहरू पनि छात्रछात्राहरुसँंगै सरसफाईमा जुटेका थिए । यो ढुंगेधारा भक्तपुर नगरपालिका २ इटापाकेमा रहेको छ । भक्तपुर नगरपालिकाले नगरभरिका ९२ वटा स्कुललाई नजिकैको एउटा एउटा सम्पदा सफा राख्न पत्राचार गरेको थियो ।

Facebook Comment


सम्बन्धित खवर

ताजा भिडियो