‘तिलिचो ताल’ सार्वजनिक

डिसी नेपाल
२४ जेठ २०७९ १५:२०
56
Shares

काठमाडौं। तिलिचो हिमालको काखमा छायाँकन गरिएको गीत ‘तिलिचो ताल’ सार्वजनिक भएको छ। काठमाडौंमा मंगरबार आयाेजित कार्यक्रमबीच विश्व कीर्तिमानी गीतकार डा. डीआर उपाध्यायको गीत सार्वजनिक भएको हो। गीतको भिडियो पाँच हजार एकसय पाँच उचाईमा छायाँकन गरिएको छ।

पूर्व श्रममन्त्री रामेश्वर राय यादवको प्रमुख आतिथ्यतामा संगीतकार तथा गायक सन्तोष श्रेष्ठ, सागर अधिकारी ‘शरद’, सञ्चारकर्मी तुलसी गिरी ‘भावुक’, राज लुइँटेल, रमेश थापा, सिलोन लम्साल, गीता राईलगायतले संयुक्त रुपमा भिडियो सार्वजनिक गरेका हुन्। उक्त अवसरमा तिलिचो हिमालको काखमा गरिएको लाइभ प्रस्तुतिको गीतको सिडी एल्बम पनि सार्वजनिक गरिएको थियो।

गीतमा सागर अधिकारी ‘शरद’को स्वर तथा छायांकन, भेषप्रसाद श्रेष्ठको संगीत, देवेन्द्र नेवाःको एरेञ्ज रहेको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *