गठबन्धन कायमै रहन्छः अध्यक्ष नेपाल

डिसी नेपाल
२४ जेठ २०७९ १८:१६

सप्तरी ।  नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले पाँच दलिय सत्ता गठबन्धन कायमै रहने बताएका छन् ।

पार्टीका नेता रामनारायण चौधरीलाई श्रद्धाञ्जलि दिन आज सप्तरी आएका अध्यक्ष नेपालले राजविराज विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै सङ्घीय र प्रदेशसभाको निर्वाचनसम्म यही गठबन्धनलाई निरन्तरता दिइने बताएका हुन् । “उम्मेदवारका विषयमा गठबन्धनबीच छलफल भइरहेको छ”, उनले भने । उम्मेदवारको व्यवस्थापन कसरी गर्ने भन्ने बारेमा छलफल गरी टुङ्गो लगाइने उनको भनाइ थियो ।

अध्यक्ष नेपालले आफ्नो पार्टीबाट छिट्टै नै मन्त्री परिवर्तन हुने बताए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *