दार्चुलामा ४० वर्षीय एकल महिलाकाे शरीरमा आगो लगाएर हत्या

डिसी नेपाल
२५ जेठ २०७९ १३:१७

काठमाडौं। महिला हिंसा बढिरहेको घटना सार्वजनिक हुँदै गर्दा दार्चुलामा एक महिलाको नृशंश हत्या गरिएको छ। ४० वर्षीय एकल महिलाको शरीरमा आगो लगाएर नृशंश हत्या गरिएको छ।

दार्चुला प्रहरीका अनुसार जिल्लाको शैल्यशिखर नगरपालिका-१ बारिलकी ४० वर्षीया अनिभा खडायतको हत्या गरिएको हो। घरनजिकैको खरको लुटोमा आगो लगाएर ती महिलाको हत्या गरिएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका डिएसपी प्रतीक विष्टले जानकारी दिए।

‘त्यहाँ महिलाको हत्या भएको खबर आयो म आफैं घट्नास्थल जाँदै छु’, डिएसपी विष्टले टेलिफोनमा भने। उनका अनुसार घटनाको अनुसन्धानका लागि प्रहरी चौकी बलाँच, इलाका प्रहरी कार्यालय गोकुलेश्वरबाट टोली परिचालन गरिएको छ।

एकल महिला रहेकी खडायत राति हत्या गरिएको अवस्थामा शव फेला परेको थियो। प्रहरीका अनुसार महिलाका श्रीमान् सात–आठ वर्ष पहिले बितेका र मृतकका दुई छोरी र एक छोरा छन्। प्रहरीले अनुसन्धानका लागि स्थानीय वीरेन्द्र खडायत र तुला खडायतलाई नियन्त्रणमा लिएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *