सूर्यालाई कमल हासनले दिए ४७ लाखको रोलेक्स

डिसी नेपाल
२६ जेठ २०७९ १३:४८
1.3k
Shares

दक्षिण भारतीय स्टार कमल हासनले फिल्म ‘विक्रम’मा रोलेक्सको भूमिका निर्वाह गर्ने अभिनेता सूर्यालाई रोलेक्स घडी उपहार दिएका छन्। कमलले गत बुधबार सूर्यालाई ४७ लाख रुपैयाँको रोलेक्स घडी उपहार दिएका हुन्।

फिल्मले बक्सअफिसमा दुई सय करोड रुपैयाँभन्दा बढी कमाई गरिसकेको छ। फिल्ममा सूर्याको १० मिनेटको केमियो दृश्य छ। जुन दृश्यलाई दर्शकले निकै मनपराएका छन्। फिल्मको निर्देशन लोकेश कनागराजले गरेका छन्।

सूर्याले ट्वीटरमार्फत कमल हासनप्रति आभार व्यक्त गरेका छन्। ‘यो विशेष अवसर थियो, धन्यवाद अन्ना तपाईंको रोलेक्सका लागि’, उनले ट्वीट गरेका छन्।

‘विक्रम’ अभिनेता कमलको हालसम्मकै सबैभन्दा ठूलो फिल्म साबित भएको छ। कमलले निर्देशक लोकेशलाई कार नै उपहारका रुपमा दिइसकेका छन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *