धमाधम रद्द हुँदै ‘सम्राट पृथ्वीराज’को शो
मुम्बई। अभिनेता अक्षय कुमारको फिल्म ‘सम्राट पृथ्वीराज’ले रिलिजको पहिलो दिनदेखि नै दर्शकलाई निराश बनाउदै आएको छ। यो वर्ष खेलाडी कुमार अक्षयका लागि खासै उल्लेख्य रहेन । यसअघि उनको फिल्म ‘बच्चन पाण्डे’ले बक्सअफिसमा पानीसमेत माग्न पाएन।
फिल्मले बक्सअफिसमा उल्लेख्य कमाई गर्न सकेको छैन। जसका कारण हलवालाले धमाधम फिल्मको शो रद्द गरिरहेका छन्। जिरो अक्युपेन्सीका कारण फिल्मको कैयौं शो रद्द गर्नुपरेको हो। फिल्मको बिहानीको शोको टिकट बिक्री शून्यमा झरेपछि फिल्मले व्यापार नगर्नेमा व्यापार विश्लेषकले अनुमान लगाइसकेका थिए।
यो फिल्मका साथ कमल हासनको ‘विक्रम’ र अदिवी शेषको फिल्म ‘मेजर’ रिलिज भएको थियो। ‘मेजर’ले हालसम्म ५० करोडमाथिको कमाई गरिसकेको छ । उता कमलको फिल्मले बक्सअफिसमा नयाँ रेकर्ड बनाइरहेको छ।
अक्षयको फिल्मको प्रोडक्सन मूल्य २ सय करोड बताइएको छ। तर, टिकट बिक्रीको अनुपात हेर्दा यो फिल्म ‘बच्चन पाण्डे’पछि अक्षयको लगातार दोस्रो फ्लप फिल्म बनेको छ। चन्द्रप्रकाश द्विवेदीको यो फिल्ममा मानुषी छिल्लर, सोनू सूद र सञ्जय दत्तको पनि अभिनय छ।
No ads found for this position

डिसी नेपाल
Facebook Comment