नेविसंघले त्रिविको ताला खोल्ने

डिसी नेपाल
२७ जेठ २०७९ ११:४२
32
Shares

काठमाडौं। नेपाल विद्यार्थी संघ(नेविसंघ)ले त्रिभुवन विश्वविद्यालय (त्रिवि)मा लगाएको तालाबन्दी खोल्ने भएको छ।नेविसंघका अध्यक्ष दुजाङ शेर्पाले शुक्रबार एक विज्ञप्ति निकालेर त्रिविमा लागेको तालाबन्दी सहितको आन्दोलनको कार्यक्रम स्थगित भएको बताएका छन्।

त्रिविभित्रका भ्रष्टाचार, वेथिति र आस्थाका आधारमा प्राध्यापक, विद्यार्थी र कर्मचारीमाथि भएको श्रृंखलावद्ध प्रणालीगत प्रहारका बारेमा १५ दिनभित्र उच्चस्तरीय निष्पक्ष छानबिन समिति गठन गर्न सरकारसँग माग गरिएको विज्ञप्तिमा उल्लेख छ।

साथै एमाले निकट भ्रातृसंस्था अनेरास्ववियुले नेविसंघलाई बदनाम गर्ने उदेश्य बोकेर राजनीतिक र शैक्षिक दुबै ब्यवहार गुमाएको पनि अध्यक्ष शेर्पाको आरोप रहेको छ।र आज दिउँसो ३ बजे तालाबन्दी खोलेर त्रिविभित्रको व्यथितिको भण्डाफोर कार्यक्रम राखेको पनि शेर्पाले बताए ।

त्रिवि नेविसंघ समितिले सेमिष्टर प्रणालीको मुल मर्म अनुसार युग सुहाउँदो पाठ्यक्रम निर्माण, शैक्षिक क्यालेण्डरको समयमै पूर्ण कार्यान्वयनलगायत विभिन्न माग राखेर गत वर्ष माघ ७ गतेदेखि निरन्तर तालाबन्दी गर्दै आएको थियो।

तर अनेरास्वयुले जेठ २४ गते एक विज्ञप्ति निकालेर त्रिविमा ५ महिनादेखि लगाएको ताला आगामी आइतबारसम्म खोलेर नियमित रुपमा पठनपाठन नगराए ताला फोरेर विश्वविद्यालय संचालन गर्न सहयोग गर्ने चेतावनी दिएसँगै त्रिविमा विद्यार्थी संगठनबीच तनाब सृजना उत्पन्न हुने सम्भावना पनि बढेको थियो।

 


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *