शाहरुख खानका छोरा आर्यन भन्छन्–मेरो इज्जतलाई बर्बाद गरियो

डिसी नेपाल
२८ जेठ २०७९ १२:४७
100
Shares

मुम्बई।२ अक्टोबर, २०२१ को दिन थियो, जतिबेला बलिउड अभिनेता शाहरुख खान र उनी पत्नी गौरी खानको खुशी आँशुमा परिवर्तन भएको थियो । किनकी उनको छोरा आर्यन खान लागुऔषधको मामलामा पक्राउ परेका थिए । त्यो समय नार्कोटिक्स कन्ट्रोल ब्युरो(एनसीबी)को मुम्बई जोनल निर्देशक समीर वानखेडेले मुम्बईबाट गोवा गइरहेको क्रुजमा छापा मारे, जहाँ उनले आर्यनसहित ६ अन्य व्यक्तिलाई पक्राउ गरेका थिए ।

यो मुद्धाको सुरुवातदेखि नै आर्यनसँग लागुऔषध नभएको दाबी गरिँदै आएको थियो । तर, पनि उनले अक्टोबरमा २० दिनसम्म जेलको हावा खानु पर्‍यो । यद्यपि, उनीसँग कुनै लागुऔषध नभेटिएको भन्दै २८ मे २०२२ मा उनलाई क्लिन चिट दिइयो । यो विषयमा शाहरुख र उनको परिवारका कोही पनि सदस्यले केही बताएका छैनन् ।

तर, एनसीबीका कार्यकारी निर्देशक जनरल सञ्जय सिंहले यो विषयलाई लिएर आर्यनसँग जोडिएको एक कुराको खुलासा गरेका छन् ।सञ्जयका अनुसार जब लागुऔषध मामलामा आर्यनसँग उनी बयान लिन गएका थिए, त्यो बेला आर्यनले ‘के म यसको लायक थिएँ रु’ भनी प्रश्न गरेका थिए । ‘सर तपाईंले मलाई अन्तर्राष्ट्रिय लागुऔषध तस्कर बनाउनुभयो ।

म लागुऔषधमा पैसा लगाउँछु । के यो कुरा बेतुकको लाग्दैन रु मसँग कुनै लागुऔषध थिएन, तर पनि मलाई पक्राउ गरियो । तपाईंले ममाथि धेरै गलत काम गर्नुभयो र मेरो इज्जतलाई बर्बाद गर्नुभयो । मलाई यति लामो हप्ता किन जेलमा बिताउनुपर्यो । के म वास्तवमै लायक थिए ?’, आर्यनले आफूलाई भनेको सञ्जयले स्मरण गरेका छन् ।

 


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *