प्रतिनिधिसभामा विनियोजन विधेयकमाथिको छलफल जारी

डिसी नेपाल
२९ जेठ २०७९ १२:०१
16
Shares

काठमाडौं। प्रतिनिधिसभामा विनियोजन विधेयक, २०७९ को विभिन्न शीर्षकमाथि मन्त्रालयगत छलफल जारी रहेको छ ।प्रतिनिधिसभाको आजको बैठकमा विनियोजन विधेयक, २०७९ अन्तर्गत सहरी विकास मन्त्रालय, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय र राष्ट्रिय योजना आयोगको सचिवालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, राष्ट्रिपतिको कार्यालय एवं उपराष्ट्रपतिको कार्यालयकोे विनियोजन शीर्षकमाथिको छलफल भइरहेको हो।

सांसद प्रेम सुवालले “विनियोजन विधेयक, २०७९ अन्तर्गत सहरी विकास मन्त्रालय, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, राष्ट्रिय योजना आयोगको कार्यालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, राष्ट्रिपतिको कार्यालय एवं उपराष्ट्रपतिको कार्यालय शीर्षकको खर्च रकममा उल्लेखित रकम घटाइयोस्” भनी खर्च कटौतीको प्रस्ताव प्रस्तुत गरेका छन् । उक्त प्रस्तावमाथि अहिले छलफल भइरहेको छ ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *