गायिका इन्दिरा जोशी मंगलबार विवाह बन्धनमा बाधिँदै

डिसी नेपाल
२९ जेठ २०७९ १८:११

काठमाडौं । गायिका इन्दिरा जोशी विवाह बन्धनमा बाधिँन लागेकी छन् । उनले आइतबार इन्स्टग्राम मार्फत आगामी मंगलबार  विवाह गर्न लागेको जानकारी गराएकी हुन् ।

भगवान र हाम्रो परिवारको आशिर्वादसहित हाम्रो बिहेको खबर सुनाउन पाउँदा हामीलाई हर्षानुभूति भएको छ,’ इन्दिराले इन्स्टग्राममा लेखेकी छन्, ‘हामीप्रति शुभेच्छा राख्नुहुने सबैप्रति आभार व्यक्त गर्दछौं, आशा छ आगामी जीवन अहिले भन्दा झनै सुन्दर हुनेछ ।’

उनको विवाह एक वर्ष अगाडि सगरमाथा क्षेत्रमा गएर इन्गेजमेन्ट गरेका फेसन डिजाइनर शरद केडियासँग हुन लागेको हो ।

काठमाडौंको टोखामा रहेको एक अपार्टमेन्टबाट विहे हुनलागेको पारिवारिक स्रोतले जनाएको छ ।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *