छोरा सिद्धान्तको ड्रग्स केशमा शक्ति कपूरले भने- मलाई यस बारेमा केहि थाहा छैन

डिसी नेपाल
३० जेठ २०७९ ११:५६
352
Shares

काठमाडौँ। बलिउड र ड्रग्सको पहिलेदेखि नै गहिरो सम्बन्ध रहेको छ। केही समयदेखि लागूऔषध मुद्दामा बलिउडका कयौं सेलेब्सको नाम बाहिर आइरहेको छ।

अहिले बलिउड अभिनेत्री श्रद्धा कपूरका भाइ र शक्ति कपूरका छोरा सिद्धान्त कपूरको नाम लागूऔषध मुद्दामा चर्चामा छ। सिद्धान्तमाथि लागुऔषध सेवन गरेको आरोप लागेको छ। शक्ति कपुरले छोराको यो आरोपमा अब प्रतिक्रिया दिएका छन्।

शक्ति कपूरलाई छोरा सिद्धान्तमाथि लागुऔषध सेवन गरेको आरोपबारे कुनै जानकारी नभएको बताए । इन्डिया टुडे डट इनसँगको कुराकानीमा यो खबरप्रति प्रतिक्रिया दिँदै उनले भने– ‘मलाई इन्डिया टुडेबाट मात्रै यसबारेमा थाहा भएको हो । मलाई कुनै आइडिया छैन। मलाई यस बारेमा केहि थाहा छैन।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *