‘अलिअलि तिमीसँग’ म्युजिक भिडियो सार्वजनिक
काठमाडौँ। गायक सजल न्यौपाने र गायिका प्रविशा अधिकारीको युगल गायनको रोमाञ्चक शैलीको ‘अलिअलि तिमीसँग’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ। युवा प्रेम र आकर्षणको भावनालाई व्यक्त गरिएको यस गीतमा हाल अस्ट्रेलियामा रहेका गीतकार सक्रिय श्रेष्ठको शब्द रहेको छ। शास्त्रीय सङ्गीत समिश्रण रहेको यस गीतमा गायक न्यौपानेकै सङ्गीत रहेको छ।
गीतको एरेञ्ज रिदम कँडेलले गरेका हुन्। म्युजिक भिडियोमा नायक आकाश श्रेष्ठ र पूजा गिरीको अभिनय छ। ‘तिमीलाई ठेस लाग्दा…’, ‘सातै जुनी साथ दिन्छु भनी भन्नु पर्छ र ?’, ‘नियाली हेर मेरा भावना.. ’ लगायत बोलका गीत म्युजिक भिडियोमा समावेश छ।
बुद्ध थापाले खिच्नु भएको भिडियोलाई विकास धमलाले सम्पादन गरेका छन्। ‘सक्रिय क्रियशन’ नामक युटुयुव च्यानलमार्फत म्युजिक भिडियो सार्वजनिक गरिएको छ। यसअघि गीतकार श्रेष्ठको शब्दमा ‘कुरा नगरेकै जाति’ र ‘सपनाको रङ्ग’ बोलको म्युजिक भिडियो सार्वजनिक भइसकेका छन्। निर्माण समूहले भिडियोलाई हेरेर प्रतिक्रिया दिन सबैलाई आग्रह गरेको छ।
No ads found for this position

डिसी नेपाल
Facebook Comment