राहुल गान्धी बयान दिन जाँदै, देशभर कांग्रेसको प्रदर्शन, दर्जनौं कांग्रेस नेता गिरफ्तार
काठमाडौं । नेशनल हेराल्ड मुद्दामा भारतीय कांग्रेसका नेता राहुल गान्धीलाई आज सोधपुछ गरिने छ, यसका लागि उनी प्रवर्तन निर्देशनालय (ईडी) कार्यालय पुगेका छन्। राहुलको साथमा प्रियंका गान्धी पनि छिन् । हजारौं कांग्रेस कार्यकर्ता र नेताहरु साथमा छन् । राहुल-सोनिया गान्धीलाई दिइएको नोटिसको कांग्रेसले विरोध गरिरहेको छ। कांग्रेसले आजको विरोधलाई ‘सत्याग्रह’ नाम दिएको छ ।
#WATCH Congress leader Rahul Gandhi set to appear before ED today in the National Herald case.
He is accompanied by his sister and party leader Priyanka Gandhi Vadra pic.twitter.com/VwTrMZR5NK
— ANI (@ANI) June 13, 2022
राहुल गान्धीको बयान पीएमएलएको धारा ५० अन्तर्गत रेकर्ड गरिनेछ। उनलाई तीन अधिकारीले सोधपुछ गर्नेछन् । यसमा सहायक निर्देशक पदका अधिकारीले राहुललाई प्रश्न सोध्नेछन्। अर्कोतर्फ, अर्का अधिकारीले राहुलको बयान टाइप गर्नेछन्। साथै, उपनिर्देशक स्तरका अधिकारीले प्रश्नहरूको निरीक्षण गर्नेछन्। ईडीले यस्तो प्रश्न र उत्तर अघि शपथ गरापऊछ,’ जे भनिन्छ सत्य हुनेछ।’ राहुलले पनि यस्तै सपथ लिनेछन् ।
ईडीको मुख्यालय नजिकै विरोध प्रदर्शन गरिरहेका कांग्रेस कार्यकर्ताहरूलाई अहिले उठाइएको छ। कतिपयलाई हिरासतमा पनि लिइएको छ । राहुल उपस्थित हुनुअघि धेरै कांग्रेस नेताहरू घरमै नजरबन्दमा छन्। कांग्रेस विधायक पार्टीकी नेता आराधना मिश्रा मोना र नसीमुद्दीनलाई लखनउमा घरमै नजरबन्द गरिएको छ। दिल्लीमा अलका लाम्बालाई प्रहरीले घरबाहिर रोकेको छ । उत्तर प्रदेशका अजय कुमार लल्लूलाई हिरासतमा लिइएको छ ।
केंद्र सरकार द्वारा प्रवर्तन निदेशालय (ED) के कथित तौर दुरुपयोग के ख़िलाफ जम्मू और बेंगलुरु में कांग्रेस कार्यकर्ताओं ने विरोध प्रदर्शन किया।
ED ने राहुल गांधी को आज नेशनल हेराल्ड मामले में तलब किया है। pic.twitter.com/Dc90WdOyUI
— ANI_HindiNews (@AHindinews) June 13, 2022
यसैबीच, रोबर्ट वाड्राले फेसबुक पोस्ट गरेका छन्। रोबर्ट वाड्राले राहुल गान्धीको ईडीको उपस्थितिको बारेमा भने कि राहुल गान्धी सबै आधारहीन आरोपहरूबाट मुक्त हुनेछन् र सत्यको जित हुनेछ। वाड्राले भने कि मैले १५ पटक सम्म र प्रवर्तन निर्देशनालय गएको छु र हरेक प्रश्नको जवाफ दिएको छु। मलाई विश्वास छ कि सत्यको जित हुनेछ।







डिसी नेपाल







Facebook Comment