अन्तरंग दृश्यमा अभिनय नगर्ने अभिनेत्री नयनताराको घोषणा

डिसी नेपाल
३० जेठ २०७९ १३:२६
1.5k
Shares

मुम्बई। दक्षिण भारतीय अभिनेत्री नयनताराले हालैमात्र विग्नेश शिवनसँग विवाह गरिन्। नयनतारा अहिले वैवाहिक जीवनमा रमाइरहेकी छन् । उनले आफ्नो अभिनय जीवनलाई लिएर एउटा महत्वपूर्ण निर्णय लिएकी छन्।

उनले अब फिल्ममा देखाइने अन्तरंग दृश्यमा अभिनय नगर्ने घोषणा गरेकी छन्। यतिमात्र होइन, फिल्ममा अभिनेता तथा सहअभिनेतासँग रोमान्टिक दृश्य पनि नदिने भएकी छन्। उनी पतिसँग क्वालिटी टाइम बिताउनका लागि केही समय अभिनयबाट पनि ब्रेक लिँदैछिन्।

नयनताराको आउँदो फिल्म ‘जवान’ हो।  जसमा उनी अभिनेता शाहरुख खानसँग देखिँदैछिन्। शाहरुख आफै पनि अन्तरंग दृश्य दिन चाहँदैनन्। यही कारण नयनताराले फिल्ममा अन्तरंग दृश्य नदिने निर्णय लिएकी हुन्।

नयनतारा विवाहपछि आशीर्वाद लिन पतिका साथ तिरुपति मन्दिर पुगेकी थिइन्। मन्दिर परिसरमा चप्पल लगाएर पुगेपछि उनी विवादमा तानिएकी थिइन्। विवादमा आएपछि जोडीले एक विज्ञप्ती जारी गर्दै माफी मागेको थियो। उनीहरूले आफू हतारमा रहेकाले चप्पल खोल्न बिर्सिएको बताएका थिए।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *