क्यानडाका प्रधानमन्त्रीलाई कोभिड पोजेटिभ

डिसी नेपाल
३१ जेठ २०७९ ९:२६
56
Shares

ओटावा। क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोलाई कोभिड पोजेटिभ भएको छ। आफ्नो अवस्था सामान्य रहेको पनि प्रधानमन्त्री ट्रुडोले बताएका छन्। प्रधानमन्त्रीले कोभिड खोप लगाइसकेका छन्। प्रधानमन्त्रीले सार्वजनिक स्वास्थ्य निर्देशन पालन गरेर क्वारेन्टिनमा बसेकाे जनाएका छन्। उनले काेभिड खाेप नलगाएकाहरूलाई पनि खाेप लगाउन आह्वान गरेका छन्।

‘कोभिड १९ परीक्षण गर्दा मलाई पोजेटिभ देखिएको छ। म सार्वजनिक स्वास्थ्य दिशानिर्देशन पालना गर्दैछु र अलग्गै बस्नेछु। खोप लगाइसकेकाले मेरो अवस्था सामान्य छ। तपाईहरूले कोभिड खोप नलगाएको भए लगाउनुहोस्। बुस्टर डोज लगाउनुहोस’, ट्रुडोले एउटा ट्वीटमा भनेका छन्। ट्रुडोलाई यसअघि जनवरीमा कोभिड भएको थियो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *