‘पुटिनका गार्डले उनको मलमूत्र विशेष सुटकेसमा बोक्छन्’

डिसी नेपाल
१ असार २०७९ ८:४७
6.1k
Shares

पेरिस। रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले यात्रा गर्दा रुसी संघीय सुरक्षा सेवा (एफपीएस)का कर्मचारीहरूले राष्ट्रपतिको मलमूत्र र पिसाब पकेटमा बोक्ने र एजेन्टहरूले त्यसलाई विशेष सुटकेसमा मस्को लैजाने गरेको खुलासा भएको छ। पुटिनको स्वास्थ्यसँग सम्बन्धित विषयलाई गोप्य राख्न यस्तो गरिएको खुलासा भएको हो।

फ्रान्सेली पत्रिकामा छापिएको एउटा रिपोर्टअनुसार सन् २०१७ मा फ्रान्सको भ्रमणका क्रममा त्यहाँका राष्ट्रपति इमानुएल म्याक्रोँलाई भर्साइलमा भेटेपछि पुटिनले यस्तो अभ्यास गरेका थिए। पत्रिकाअनुसार तीव्र दबाबबीच रूसी दूतावासका कर्मचारीहरूलाई पुटिनबारे ‘पूर्ण गोपनीयता’ कायम राख्न भनिएको थियो।

शीर्ष रूसी अधिकारीहरूको सुरक्षाको लागि एफपीएसका एजेन्टहरू जिम्मेवार मानिन्छन्।

युक्रेन युद्धदेखि नै रुसी राष्ट्रपतिको स्वास्थ्य महिनौंदेखि अनुमानको विषय बनेको छ। उनी क्यान्सरबाट पीडित हुनसक्ने अनुमान गरिएको छ, यद्यपि यसबारे अहिलेसम्म पुष्टि भएको छैन । रुसी प्रशासन क्रेमलिनले पुटिनको स्वास्थ्य अफवाहलाई बारम्बार अस्वीकार गर्दै आएको छ।

फ्रान्सेली म्यागेजिनले सार्वजनिक गरेको रिपोर्टसँग मिल्ने एउटा घटनालाई केहीसमयअघि सेयर गरेको बीबीसीले जनाएको थियो, जहाँ दुई गार्डहरू एउटा विशेष सुटकेस बोकेर कोठाबाट बाहिर निस्केको र उनीहरूलाई पुटिन र अन्य दुई गार्डहरू पछ्याएको देखिन्छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *