‘लगान’लाई यूकेमा ब्रोडवे शोका रुपमा रुपान्तरण गर्ने तयारी
काठमाडौँ। आमिर खानको फिल्म ‘लगान वन्स अपन ए टाइम’ले बुधबार रिलिजको २१ वर्ष पूरा गरेको छ। अब यो फिल्मलाई यूकेमा ब्रोडवे शोका रुपमा रुपान्तरण गर्ने तयारी भइरहेको छ।
ब्रिटेनका कैयौं प्रमुख निर्माताहरूले आमिर खान प्रोडक्सन्ससँग अधिकारका लागि अनुरोध गरेका छन्। अनुरोधसँगै आमिरको टिमले वेस्ट एण्ड थिएटरको विषयमा चाँडै अन्तिम निर्णय दिनेछन्।
वेस्ट एण्ड थिएटर ब्रोड वे शोको बराबर हो, जुन विश्वभरमा सबैभन्दा ठूलो र लोकप्रिय थिएटरमध्ये एक हो।
फिल्मका निर्माताहरूले अलग किसिमका योजना बनाएका छन्। शोमार्फत विश्वव्यापी यात्रा गर्ने योजना पनि उनीहरूको छ। जहाँ फिल्मका प्रमुख कलाकार सहभागी हुनेछन्।
‘लगान’ भारतको औपनिवेशिक ब्रिटिश राजको समयदेखि भिक्टोरियन कालसम्मको १८९३ को कथामा आधारित छ। फिल्मका निर्देशक आशुतोष गोवारिकर हुन्।
No ads found for this position

डिसी नेपाल
Facebook Comment