प्रवासी नेपाली मञ्च अमेरिकाको तेस्रो अधिवेशन शुरु

डिसी नेपाल
३ असार २०७९ २२:२४

काठमाडौं । प्रवासी नेपाली मञ्चको तेस्रो अधिवेशन आजदेखि शुरु भएको छ । आजदेखि शुरु भएका अधिवेशन १९ तारिक सम्म बोस्टनमा भइरहेको छ ।

मञ्च नेकपा एमालेको विदेश स्थित शुवेच्छुक संस्था हो । तीन दिने अधिवेशनमा अमेरिकाका विभिन्न राज्य कमिटीका एक सय ५० जना डेलिकेड्सहरुले नयाँ नेतृत्व चयन गर्ने छन् । मञ्चले अमेरिकाको २६ राज्यमा आफ्नो कमिटी विस्तार गरेको छ ।

अधिवेशनलाई शुभकामना दिन प्रमुख अतिथिको रुपमा नेकपा (एमाले)का विदेश विभाग प्रमुख डा. राजन भट्टराई, एमाले संसदीय दलको सचेतक शान्ता चौधरी र पूर्व परराष्ट्रमन्त्री महन्द्रे पाण्डे अमेरिका पुगेका छन् ।

भोलि अधिवेशनको दोस्रो सत्र उद्घाटन र नयाँ नेतृत्व चयन हुने छ। अन्तिम दिन १९ तारिक नव निर्वाचित कमिटीको बैठक बस्ने छ।

सन् २०१३ मा न्यूयोर्कमा पहिलो अधिवेशन गर्दै सञ्जय थापालाई अध्यक्षको जिम्मेवारी दिएको मञ्चले तीन वर्ष पछि सन् २०१७ मा दोस्रो अधिवेशन गरेको थियो ।

बाल्टिमोरमा भएको दोस्रो अधिवेशनले प्रभु थापालाई अध्यक्षमा चयन गरेको थियो । नियमित समय अनुसार सन् २०२० मा नै मञ्चको तेस्रो अधिवेशन हुनु पर्ने थियो तर कोरोना महामारीका कारण अधिवेशन सर्दै आएको थियो ।

संगठन १९९८ मा स्थापना भएको भए पनि विभिन्न समयमा नाम परिवर्तन हुदै आएको छ। शुरुमा एन डि एफ,यूएनडिएफ हुदै २०१२ मा ओएनएफ वने पछिको पहिलो अधिवेशन २०१३ मा न्यूयोर्कमा भएको थियो।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *