रामजी राउतको निर्देशनमा वेब सिरिज ‘सन्ध्या’ बन्दै
काठमाडौं। निर्देशक रामजी राउतको निर्देशनमा वेब सिरिज ‘सन्ध्या’ निर्माण हुने भएको छ। आइतबार भद्रकाली मन्दिरमा सिरिजको मुहुर्तसँगै निर्माण घोषणा गरिएको हो। सिरिजको सोमबारबाट मकवानपुरको चित्लाङबाट छायांकन हुँदैछ।
सिरिजमा नीर शाह, शोभित बस्नेत, दयाराम दाहल, हिउँवाला गौतम, गीता नेपाल, सरिता भण्डारी, लक्ष्मीनाथ शर्मा, धर्मेन्द्र आचार्य, भीमा मैनाली, सुन्दर लामिछाने, कन्दिप कँडेल, आशा पाण्डे र बाल कलाकार एलेक्स खड्को अभिनय रहनेछ।
वेब सिरिजमा सुदीप पौडेल र कृष्ण कार्कीको लगानी हुनेछ। जया ओझाको लेखन र राहुल राईको छायांकन हुने सिरिजमा लोकश थापाको मेकअप, प्रकाश थापाको प्रोडक्सन डिजाइन, जयराम चालिसेको मुख्य सहायक निर्देशन र नविन निरौलाको सम्पादन रहनेछ।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment