मुसाको पकडबाट ५०० ग्राम सुन बरामद !

डिसी नेपाल
५ असार २०७९ १३:०२

नयाँ दिल्ली। एउटा अनौठो घटनामा भारतको पश्चिमी मुम्बई सहरमा प्रहरीले नालीमा रहेको मुसाको पकडबाट ५ लाख भारु मूल्य बराबरको ५०० ग्राम सुन बरामद गरेको छ। घरेलु कामदारको रूपमा काम गर्ने ४५ वर्षीया महिलाले आफूले लिएको ऋण तिर्न सुन धितो राख्न जाँदै गर्दा आफ्नो गहनाको झोला हराएको प्रहरीलाई बताएपछि घटना सार्वजनिक भएको हो।

पीडित महिला सुन्दरी प्लानिबेलका अनुसार घटना गोरेगाउँको गोकुलधाम कोलोनीमा भएको हो। उनले बाटोमा केटाकेटीलाई देखेपछि केही खानेकुरा दिएकी थिइन्। सुन राखेको झोलामा उनले खानेकुरा दिएकी थिइन्।

बैंकमा पुगेपछि मात्रै उनले आफ्नो गल्ती महसुस गरेकी थिइन्। तत्काल उनी बैंकबाट फर्किएर बालबालिका खोज्ने प्रयास गरिन्, तर फेला पार्न सकिनन्। ४५ वर्षीया ती महिला त्यसपछि प्रहरीकहाँ पुगिन । स्थानीयको सहयोगमा उनले बालबालिकालाई फेला पारिन्।

महिलाले दिएको खानेकुरा धेरै सुख्खा भएको भन्दै उनीहरूले सबै खानेकुरा फोहर फाल्ने ठाउँमा फालिदिएको प्रहरीलाई बताए। तर, प्रहरीले घटनास्थलमा गहना फेला पार्न सकेन। सीसीटीभी फुटेजमा केही मुसाले फोहरको थुप्रोबाट सुनको झोला बोकेको देखे।

प्रहरीले तत्कालै ढल खोलेर हेरेको थियो, जहाँ सुनको झोला भेटियो। प्रहरीले तत्कालै महिलालाई त्यो झोला बुझाएको थियो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *