युक्रेनका राष्ट्रपति भोलोडिमिर जेलेन्स्की अचानक युद्धको मोर्चामा तैनाथ सैनिकहरूलाई भेट्न पुगे

डिसी नेपाल
५ असार २०७९ १५:२२
348
Shares

काठमाडौं । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले युद्धको मोर्चामा रुसी गोलाबारीको जवाफ दिइरहेका सैन्य कर्मचारीहरूलाई अचानक भेट्न पुगेका छन् । सैनिकहरूसँग भेट्नुअघि, जेलेन्स्कीले माइकोलेभ सहरका भवनहरूको भ्रमण गरे जुन आक्रमणमा क्षतिग्रस्त भएको थियो।

त्यसपछि जेलेन्स्की युक्रेनी नियन्त्रणमा रहेको एउटा महत्त्वपूर्ण बन्दरगाह सहर ओडेसा गए। रसियाले काला सागरका महत्वपूर्ण बन्दरगाहहरू कब्जा गर्नका लागि दुवै शहरहरूमा लगातार आक्रमण गरिरहेको छ।

यसैबीच, पूर्वी डोनबास क्षेत्रमा, विशेष गरी सेभेरोडोनेत्स्क शहर वरपर भीषण लडाई जारी छ। यहाँका गभर्नरले भने कि रसियाले यस क्षेत्रमा लड्नका लागि ठूलो संख्यामा सेना पठाउँदैछ।

यही समयमा, डोनेट्स्क क्षेत्रमा रुसी समर्थित पृथकतावादीहरूले युक्रेनी गोलाबारीबाट पाँच सर्वसाधारण मारिएको दाबी गरेका छन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *