मूसेवालाको हत्यामा महत्वपूर्ण भूमिका निभाएका लरेन्स विश्नोइका गुण्डाको जेलभित्रै हत्या प्रयास

डिसी नेपाल
५ असार २०७९ १६:३१

काठमाडौं । पञ्जाबी गायक सिद्धु मुसेवालाको हत्याको लागि उनको रेकी गर्ने सन्दीप केकडाको जेलभित्रै हत्या प्रयास भएको छ । उनलाई जेलमा निर्मम कुटपिट गरिएको छ । हरियाणाको सिरसा जिल्लाको कलनवाली निवासी केकडालाई प्रहरी हिरासत समाप्त भएपछि मुक्तसर जेल पठाइएको थियो। यहाँ पहिले नै बन्द बम्बिहा गिरोहले केकडालाई कुटेको थियो ।

यो थाहा पाएपछि कारागारका अधिकारीले तुरुन्तै केकडालाई गोइन्दवाल साहिबको कारागारमा सारिदिए । बम्बिहा गिरोहले सामाजिक सञ्जाल पोस्टमार्फत केकडालाई कुटेको जिम्मेवारी लिएको छ । तर, कारागार प्रशासनले दुई पक्षबीच झगडा भएको बताएको छ । झगडा तुरुन्तै रोकिएको जेल प्रशासनले जनाएको छ ।

दविन्दर बम्बिहा समूहले सामाजिक सञ्जालमा सन्दीप केक्राको बारेमा सबैलाई थाहा भएको बताएको छ । यी बदमाश व्यक्तिले थोरै रकममा सिद्धु मुसेवालाको रेकी गरे। अब यो म्याद सकिएपछि उनलाई मुक्तसर कारागार पठाइएको छ ।

त्यहाँ पुगेपछि भल्ला भटिण्डा र उनका साथीहरूले सन्दीप केकडालाई राम्रै कुटपिट गरेका थिए । बम्बिहा गिरोहले आफ्नो पोस्टमा सन्दीप केकडालाई मार्ने बताएको थियो तर उनी बाँचे । उनलाई जेल प्रशासनका कर्मचारीले आएर बचाए ।

बम्निहा गिरोहले भनेको छ ‘बम्बिहा गिरोहले मुसेवाला हत्याकाण्डका हरेक अभियुक्तलाई उस्तै व्यवहार गर्छ । कारागारमा गएको हत्यारालाई छाडिने छैन । उनीहरूले समय पाएपछि पक्कै दुःख पाउनेछन्। एक एक गरी लेखाजोखा हुनेछ।’ बम्बिहा गिरोहले सिद्धु मुसेवालालाई महापुरुष भनेका छन् ।

प्रहरीको अनुसन्धानमा केकडा लागुऔषध दुव्र्यसनी प्रकारको भएको खुलेको थियो । उनले मूसेवालाको रेकी मात्र १५ हजार रुपैयाँमा गरेका थिए । उनी फ्यान बने र भाइ र साथीसँग मूसेवालाको घर गए । मुसेवालासँग सेल्फी खिचे । त्यसपछि लरेन्स ग्याङका क्यानेडियन ग्याङस्टर गोल्डी बरार र सचिन थापानलाई खबर दिएका थिए ।

मूसेवाला थारको जीपमा आउँदै गरेको उनले बताए । जुन बुलेट प्रुफ होइन र उनी आफैं कार चलाइरहेका थिए । त्यसपछि घरबाट निस्किने बित्तिकै मुसेवालाको हत्या भएको थियो । तर, पछि केकडाले आफूले मुसेवालालाई कुट्ने मात्रै कुरा गरेको बताएका थिए । उनको हत्या हुन्छ भन्ने थाहा थिएन ।

लरेन्स गिरोहले मूसेवालाको हत्याको जिम्मा लिएको छ । लरेन्स ग्यागका गोल्डी बरारले पनि यस सम्बन्धमा सामाजिक सञ्जालमा पोस्ट गरेका छन् । यसपछि प्रहरीले ११ जना अभियुक्तलाई पक्राउ गरेको छ ।

ग्याङ्स्टर लरेन्सलाई पनि तिहाडबाट ल्याएर सोधपुछ भइरहेको छ । मूसेवालाको हत्यापछि बम्बिहा गिरोहले बदला लिने धम्की दिएको थियो । बम्बिहा बाहेक दिल्लीको दाउद भनेर चिनिने गुण्डा नीरज बवाना र भूपी राणाले पनि बदला लिने धम्की दिएका थिए। उनीहरुसँगै कौशल चौधरी र टिल्लु ताजपुरियाजस्ता गुण्डाहरु छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *