कागती पानी बेचेर करोडपति भइन् ११ वर्षकी बालिका

डिसी नेपाल
५ असार २०७९ १७:३८

काठमाडौं । करोडपति बन्ने सपना धेरैको हुन्छ । केही व्यक्तिहरू बन्न पनि सक्छन् जबकि धेरै मानिसहरूको सपना नै रहन्छ । तर एउटी बालिका मात्र ११ वर्षको उमेरमा करोडौंको धनी बनिन्, त्यो पनि कागती पानी बेचेर ।

यी बालिकाको नाम मिकाइला उल्मेर हो । मिकाइला अहिले १७ वर्षकी भइन् । जब उनी ११ वर्षकी थिइन्, उनले लेमोनेड (कागती पानी) व्यवसाय सुरु गरिन् र आफ्नै लेमोनेड ब्रान्ड सिर्जना गरिन्।

पछि, उनको लेमोनेड ब्रान्ड यति लोकप्रिय भयो कि २०१६ मा सुपरमार्केट कम्पनी होल फूड्स मार्केटले मिकाइलाको ब्रान्डसँग सम्झौता गर्यो। बदलामा मिकायलाले ११ मिलियन डलर (१ अर्ब ३७करोड रुपैयाँ) कमाइन् र उनी क्षणभरमै करोडपति भइन् ।

एनबीसीन्युजको रिपोर्ट अनुसार मिकाइला चार वर्षकी हुँदा उनले आफ्नी हजुरआमाबाट पुरानो कुकबुक प्राप्त गरेकी थिइन् । यस पुस्तकबाट, मिकाइलाले १९४० को दशकको फ्ल्याक्ससीड लेमोनेडको रेसिपी पाइन् । पछि उनले यो बनाउने प्रयास गर्ने निर्णय गरिन्।

फ्ल्याक्ससीड बिरुवामा आधारित खाना हो जसले स्वस्थ बोसो, एन्टिअक्सिडेन्ट र फाइबर प्रदान गर्दछ। कतिपयले यसलाई ‘फंक्शनल फूड’ पनि भन्छन्, जसको अर्थ मानिसले आफूलाई स्वस्थ राख्नको लागि यसलाई खान सक्छन्। हजारौं वर्षदेखि एशियामा आयुर्वेदिक औषधिमा यसको भूमिका रहेको छ।

सानैदेखि मिकाइलाले अमेरिकाको टेक्सासस्थित आफ्नो घरबाहिर लेमोनेड बेच्न थालेकी थिइन् । उनले आफ्नो स्वाद थप्न मह पनि मिसाउन थालिन् । बिस्तारै मानिसहरूले उनको लेमोनेड मन पराउन थाले। यसै क्रममा मिकाइलाले महको लागि मौरी संरक्षण गर्ने काम पनि सुरु गरिन् । उनले आफ्नो ब्रान्डको नाम ‘मी एण्ड द बीज लेमोनेड’ राखिन् ।

मिकाइलाले आफ्नो वेबसाइटमा लेखेकी छिन्– ‘मैले चिनीको सट्टा मह मात्र मिसाएर लेमोनेडलाई नयाँ ट्विस्ट दिने निर्णय गरेकी छु । यसरी बी स्वीट लेमोनेड सुरु भयो।’ सुरुमा, मिकाइलाले आफ्नो लेमोनेडलाई साना पसलहरूमा बेच्नको लागि आपूर्ति गर्न थालिन् ।

बजारमा चर्चा फैलिएपछि मिकाइलाको प्रतिभा देखेर मानिसहरु प्रभावित भए । यसपछि सन् २०१५ मा मिकाइललाई टिभी शो शार्क ट्याङ्कमा आमन्त्रित गरियो, त्यसपछि उनले ६० हजार डलर (७५ लाख रुपैयाँ) लगानी गर्न सफल भइन् । यस क्रममा मिकाइलाले तत्कालीन अमेरिकी राष्ट्रपति बाराक ओबामालाई पनि आफ्नो लेमोनेड खुवाएकी थिइन् । त्यसयता उनको लोकप्रियता झनै बढेको छ ।

मिकाइलाको सबैभन्दा ठूलो सफलता होल फूड्स मार्केटले उनको ब्रान्डसँग ११ मिलियन डलरको सम्झौता गरेको छ । यो सम्झौतापछि मिकाइलाको लेमोनेड टेक्सास बाहेक देशका विभिन्न भागमा बिक्री हुन थाल्यो । मिकाइलाले आफ्नो नाफाको १० प्रतिशत बी रेस्क्यु फाउन्डेसनलाई दिन्छिन् ।

२०१७ मा मिकाइलाको लेमोनेड ५०० स्टोर मा बेचिएको थियो। वार्षिक ५ लाख बोतल उत्पादन भइरहेको थियो। तर अहिले यो देशभरका हजारौं पसलहरूमा बिक्री भइरहेको छ। उत्पादन पनि दोब्बरले बढेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *