वासिंगटन डीसीमा गोली चल्यो, १ जनाको मृत्यु

डिसी नेपाल
६ असार २०७९ ११:०४

न्युयोर्क। अमेरिकाको वासिंगटन डीसीमा गोली चल्दा एक प्रहरी अधिकारीसहित केही मानिस घाइते भएका छन्। गोली लागेकामध्ये एक किशोरको मृत्यु भएको बताइएको छ।

‘दुई वयस्क र एक किशोरमाथि गोली हानिएको थियो। त्यस्तै, एक प्रहरी अधिकारीलाई पनि गोली हानिएको थियो’, महानगरीय प्रहरी विभाग प्रमुख रोबर्ट जे कोन्टीले भने।

गोली लागेर घाइते भएका प्रहरी अधिकारी र अन्य दुई जनाको अस्पतालमा उपचार भइरहेको छ। घाइते किशोरको भने मृत्यु भएको प्रहरीले जनाएको छ । वासिंगटन डीसीको संस्कृति प्रवद्र्धन गर्ने पर्व मोचेलाको समयमा गोलीबारी भएको थियो।

अमेरिकामा पछिल्लो समयमा बारम्बार बन्दुक हमला भएका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *