कांग्रेस नेता राहुल गान्धीमाथि चौथो पटक सोधपुछ हुँदै
नयाँ दिल्ली। सम्पत्ति शुद्धीकरण मुद्दामा कांग्रेस नेता राहुल गान्धी आज चौथो पटक प्रवर्तन निर्देशनालय (ईडी)समक्ष उपस्थित हुने तय भएको छ। नेसनल हेराल्ड अखबारसँग सम्बन्धित सम्पत्ति शुद्धीकरण मुद्दाको सम्बन्धमा ईडी मुख्यालयमा जाने तय भएको हो।
राहुललाई गत साता तीन पटक सोधपुछ गरिएको थियो। उनलाई चौथो पटक शुक्रबार ईडी बोलाइएको थियो। तर, कोभिड संक्रमणका कारण अस्पताल भर्ना भएकी आमा तथा कंग्रेस प्रमुख सोनिया गान्धीलाई भेट्न अस्पताल जानुपर्ने भएपछि राहुलको अनुरोधमा आज सोमबारका लागि पुनः सोधपुछको मिति तय भएको थियो।
राहुलमाथिको सोधपुछलाई लिएर कंग्रेस नेता तथा कार्यकर्ताहरूले चर्को विरोध जनाउँदै आएका छन्। प्रधानमन्त्री नरेन्द्र मोदी र अमित साहले फसाउन खोजेको उनीहरूले आरोप लगाउँदै आएका छन्।
यसैबीच, आफ्ना नेताविरुद्धका आरोप आधारहीन भएको र भाजपाले प्रतिशोधको राजनीति गरेको कंग्रेसले आरोप लगाएको छ।
No ads found for this position

डिसी नेपाल
Facebook Comment