१ लिटर पेट्रोलमा १५ रूपैयाँ छुट ! पेट्रोल पम्पमा लाग्यो मानिसहरूको भीड

डिसी नेपाल
६ असार २०७९ १२:३२

काठमाडौं । विश्वभर पेट्रोल, डिजेलको मूल्य बढेको छ । तर एक पेट्रोल पम्प मालिक छन् जसले आफ्नो तर्फबाट छुट दिएर सस्तोमा पेट्रोल बिक्री गरिरहेका छन् । किनभने उनको उद्देश्य अहिले नाफा कमाउने होइन, बरू मानिसहरूलाई मद्दत गर्ने हो।

यस पेट्रोल पम्पका मालिकको नाम जसविन्दर सिंह हो। भारतीय मूलका जसविन्दर अमेरिकाको फिनिक्स सहरमा बस्छन् । उनले फिनिक्सका अन्य ठाउँहरूको तुलनामा प्रति ग्यालन आधा डलर कम मूल्यमा पेट्रोल बिक्री गरिरहेका छन्। त्यो पनि जब देशैभर यसको मूल्य रेकर्ड उच्च पुगेको छ।

जसविन्दरले आफूले नै सप्लायरबाट एक ग्यालन पेट्रोल (३.७५ लिटर) ५.६६ डलर (७०८ रूपैयाँ) मा किन्छन् । सामान्य व्यापारीको रूपमा उनले यसमा आफ्नो केही नाफा राखेर बेच्नुपर्ने हो तर उनले आफुले किनेको मूल्य भन्दा पनि सस्तोमा ५.१९ डलर (६४९ रूपैयाँ) प्रतिग्यालनमा बेच्छन् ।

स्थानीय समाचार आउटलेट एरिजोनाज फेमिलीका अनुसार जसविंदर सिंह भलेरो फुड मार्टका मालिक पनि हुन्। उनी गत शुक्रबारदेखि आफ्नो पेट्रोल पम्पमा प्रति ग्यालन ५.१९ डलरमा पेट्रोल बिक्री गर्दै आएका छन्, जबकि उनको शहरमा पेट्रोलको औसत मूल्य ५.६८ डलरको हाराहारीमा छ।

जसविन्दर भन्छन् कि उनले मानवताको खातिर र आफ्नो सिख धर्मको मूल्य मान्यतालाई पछ्याउँदै पेट्रोलको मूल्य आफ्नो स्तरमा घटाएका हुन् । उनले भने–‘हामीले हाम्रा छोराछोरीलाई पनि त्यही सिकाउँछौँ । यदि तपाईंसँग केहि छ भने, तपाईंले यसलाई अरू मानिसहरूसँग साझा गर्नुपर्छ।’

जसविन्दर सिंह अमेरिकाको फिनिक्समा दुई दशकभन्दा बढी समयदेखि बस्दै आएका छन् । उनीहरुका तीन सन्तान छन् । हरेक दिन बिहान ४ बजेदेखि मध्यरातसम्म काम गर्ने उनले बताए । यस काममा उनकी श्रीमती रमनदीप कौरले पनि सहयोग गर्छिन् । कम मूल्यमा पेट्रोल बेचेर दिनहुँ घाटा बेहोर्दै आए पनि सिंह अहिले पैसा कमाउने समय नभएर जनतालाई सहयोग गर्ने समय भएको बताउँछन् ।

जसविन्दरले प्रतिदिन करिब १ हजार ग्यालन पेट्रोल बेच्छन् जसमा उनलाई प्रतिदिन करिब ५०० डलर (६२ हजार रूपैयाँ) घाटा हुन्छ । यतिबेला विश्वभर ग्यास–पेट्रोल–डिजेलको मूल्यले आकाश छोएको छ । यस्तो अवस्थामा सस्तो दरमा इन्धन उपलब्ध गराउनु आफैमा ठूलो कुरा हो । त्यसैले जसविन्दर सिंहको ग्यास स्टेशनमा ग्राहकहरू लाइनमा बस्छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *