फ्रान्सेली राष्ट्रपतिले संसदमा बहुमत गुमाए

डिसी नेपाल
६ असार २०७९ १३:१०
236
Shares

काठमाडौं । फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोनको गठबन्धनले आइतबारको संसदीय चुनावको अन्तिम चरणमा सबैभन्दा बढी सीटहरू पाएको छ, तर आफ्नो संसदीय बहुमत गुमाएको छ। यो एक्जिट पोलका आधारमा भनिएको हो ।

आंशिक परिणामहरूमा आधारित एक्जिट पोलले म्याक्रोनका उम्मेद्वारहरूले २०० देखि २५० सिट जित्ने देखाउँछन्। यो संख्या फ्रान्सेली संसदको सबैभन्दा शक्तिशाली सदन राष्ट्रिय सभामा प्रत्यक्ष बहुमतका लागि आवश्यक २८९ सिटभन्दा निकै कम छ।

यस्तो अवस्थामा म्याक्रोनले अन्य दलहरूसँग गठबन्धन गर्न नसकेसम्म फ्रान्समा कमजोर विधायिका बन्ने सम्भावना बढेको छ । रुस-युक्रेन युद्ध रोक्न ईयूको प्रमुख राजनीतिज्ञको रूपमा अहिलेसम्म मुख्य भूमिका खेल्ने प्रयास गरेका इमानुएल म्याक्रोन आफ्नै घरमा घेरिएका देखिन्छन्।

यी सबैको बीचमा, आधिकारिक प्रवक्ता ओलिभिया ग्रेगोइरेले बीएफएम टेलिभिजनलाई बताइन् कि पक्कै पनि यो पहिलो पटक निराशाजनक छ। हामीले अपेक्षा गरेभन्दा कम छौं। उल्लेखनीय कुरा के छ भने, हालैको राष्ट्रपतीय निर्वाचनमा महंगी, युक्रेनमाथि रुसको आक्रमण र इस्लाम ठूला मुद्दा बनेका थिए ।

म्याक्रोनले देशका जनतालाई पेन्सन उमेर ६२ बाट बढाएर ६५ वर्ष पुर्याउने र बेरोजगारलाई सामाजिक सुरक्षा भत्ता दिनेलगायत थुप्रै चुनावी वाचा गरेका थिए । यद्यपि, पछिल्लो घटनाक्रमले म्याक्रोनको हालैको चुनावी जितलाई निराशामा परिणत गरेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *