काँक्रोले घटाउँछ तौल : कहिले र कसरी खाने ?

डिसी नेपाल
६ असार २०७९ १३:४७

काठमाडौं । गर्मी मौसममा काँक्रो निकै फाइदाजनक हुन्छ । काँक्रोमा भिटामिन सी, पोटासियम, फोलिक एसिड प्रसस्त मात्रामा पाइन्छ। यसबाहेक कार्बोहाइडे्रट, क्याल्सियम, फोस्फोरस, फलाम, सल्फर आदि पनि काँक्रोबाट प्राप्त गर्न सकिन्छ। यसमा पानीको मात्रा झण्डै ९४ देखि ९६ प्रतिशतसम्मा हुन्छ।

काँक्रोमा भएको पोषक तत्वले रगत जम्ने नदिने, हड्डीको मासी र रगतमा क्याल्सियमको स्तरलाई सन्तुलन राख्ने काम गर्र्दछ । साथै यसमा भिटामिन सी पनि पाइन्छ । जसले तपाईको रोग प्रतिरोधात्मक क्षमता बढाउँछ। काँक्रोले कोलाजेन उत्पादनमा मद्दत गर्छ जसले तपाईको हड्डी, कपाल र छालालाई बलियो बनाउने काम गर्दछ ।

काँक्रोले कब्जियतसँग लड्न मद्दत गर्छ। मधुमेह रोगीहरूको लागि लाभदायक हुन्छ । यसमा एन्टिबायोटिक राम्रो मात्रामा हुने गर्दछ । काँक्रोको यी सबै पोषणहरूले तपाईंलाई ऊर्जावान महसुस गर्न पनि मद्दत गर्दछ। तौल र पेटको बोसो घटाउनको लागि यसलाई आफ्नो आहारमा समावेश गर्न सक्नुहुन्छ। तर, यसका साथसाथै तपाईंले राम्रो आहार र व्यायाम पनि गर्नु पर्ने हुन्छ ।

काँक्रोले यसरी वजन कम गर्छ:

तौल घटाउने सबैभन्दा सजिलो उपाय भनेको आफूले कमभन्दा कम क्यालोरी खानु हो। काँक्रोमा क्यालोरीको मात्रा कम हुन्छ र यसले तपाईंलाई कम क्यालोरी खान मद्दत गर्छ। एक अध्ययनका अनुसार, एक कप काटेको काँक्रोमा क्यालोरीको मात्रा १४ प्रतिशत हुन्छ । यस्तै मध्यम आकारको काँक्रोमा क्यालोरीको मात्रा २४ प्रतिशत हुन्छ। त्यसैले यसलाई कम घनत्वको खाना भनिन्छ । यस्ता खानेकुरालाई आफ्नो आहारमा समावेश गर्नाले तौल घटाउन मद्दत गर्छ किनभने यसमा कम क्यालोरी हुन्छ।

वजन घटाटाउनका लागि काँक्रोलाई यसरी खानुहोस् । काँक्रोलाई सलादको रुपमा खाँदा लामो समयसम्म पेट भरिन्छ । काँक्रोले भोक मेट्ने काम गर्दछ त्यसैले अरु खानेकुराहरु खानुपर्दैन । काँक्रोको सलादलाई स्वादिष्ट बनाउनका लागि काँक्रो, टमाटर, मूला, गाजर, केही टुक्रा प्याज र नुन मिसाएर खान सकिन्छ। यदि तपाईलाई मन पर्छ भने सलादमा क्याप्सीकम पनि राख्न सक्नुहुनेछ ।

काँक्रोको जुस– तौल घटाउनका लागि काँक्रोको जुस पनि बनाएर खान सकिन्छ । काँक्रोलाई टुक्रा पारेर पुदिनाको पात, तुलसीको पात र अलिकति कागती हालेर यसलाई मिक्चरमा राखेर पिस्नुहोस् ।यसले शरीर डिटक्सिङमा पनि सहयोगी गर्दछ ।

काँक्रो र लेमोनेड– यसका लागि कागती, कागतीको रस, अदुवा, एलोभेराको जुस, आधा गिलास पानीलाई ब्लेंडरमा पिसेर सुत्नुअघि पिउनुहोस्। कागती र काँक्रो दुबैमा क्यालोरी कम हुन्छ । तर यसमा एन्टिअक्सिडेन्ट र अन्य पोषक तत्वहरूले भरिपूर्ण हुन्छ । जसले वजन घटाउन र पेटको बोसो घटाउन मद्दत गर्दछ। यस जुसमा पाइने अदुवा र एलोभेराले मेटाबोलिज्मलाई गति दिन्छ।

कहिले र कसरी खाने ? :

काँक्रोमा ९५ प्रतिशत पानी हुन्छ । त्यसैले काँक्रो खाएपछि तुरुन्तै पानी पिउनु हुँदैन । यदि तपाईले यसो गर्नुभयो भने तपाईलाई पेट दुख्न सक्छ र यस बाहेक यसको पोषक तत्व पनि पातलो हुन्छ। ध्यान दिनुहोस् कि सुत्नुभन्दा ठीक अगाडि काँक्रो नखानुहोस् किनकि यसले पेट फुल्न सक्छ। अर्कोतर्फ, यसलाई राती खाँदा तपाईंको निद्रामा बाधा पनि पुग्न सक्छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *