गृहमन्त्री खाणसँग धर्मेन्द्र बाँस्तोलाको भेट

डिसी नेपाल
७ असार २०७९ २१:२५

काठमाडौं गृहमन्त्री बालकृष्ण खाणसँग धर्मेन्द्र बाँस्तोला अध्यक्ष रहेको नेपाल कम्युनिष्ट पार्टी (बहुमत)को टोलीले आज भेटवार्ता गरेको छ । गृह मन्त्रालयमा भएको भेटवार्तामा गृह सचिव टेकनारायण पाण्डे र मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेल तथा नेकपा (बहुमतं)का तर्फबाट अध्यक्ष बाँस्तोलासहित प्रवक्ता हेमन्तप्रकाश ओली, देवकला अधिकारी, गुणराज लोहनी र दीपक चलाउने सहभागी थिए ।

भेटमा विसं २०७७ फागुन २० गते मा नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकार र तत्कालीन नेकपाबीच भएको तीन बुँदे सहमति कार्यान्वयनका विषयमा कुराकानी भएको थियो । खाणले नेकपासँग अघिल्लो सरकारले गरेको सहमति कार्यान्वयनमा सरकार प्रतिबद्ध रहेको बताए । सहमतिमा समेटिएका केही बुँदा कार्यान्वयन भइसकेका र केही कार्यान्वयनको चरणमा रहेका उनले जानकारी दिए ।

नेकपाका तर्फबाट संयोजक बाँस्तोलाले जेलमा रहेका पार्टीका नेता कार्यकर्ता रिहाइ गर्न आग्रह गरेका थिए । सहमति कार्यान्वयनको विषयमा अन्य मन्त्रालय र निकायसँग छलफल गर्नुपर्ने भएकाले ती निकायसहित बसेर पुनः छलफल गर्ने गरी बैठक सकिएको छ । तत्कालीन नेत्रविक्रम चन्द नेतृत्वको नेकपा फुटेर बाँस्तोलाको संयोजकत्वमा नयाँ पार्टी बनाइएको हो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *