गर्मी बढेपछि बर्दिया गुलरियाका विद्यालय पाँच दिन बन्द
बर्दिया । बर्दियामा गर्मी अत्यधिक बढेपछि गुलरियाका विद्यालय पाँच दिनका लागि बन्द भएका छन ।
बर्दियाको गुलरीया नगरपालिकाले ५ दिन गर्मी बिदा दिने निर्णय गरेको हो ।
नगरप्रमुख स्तरीय निर्णयबाट जेठ २७ गते देखि ३१ गते सम्म गुलरीया नगरपालिकाले गर्मी बिदा दिने निर्णय गरेको हो ।
भुमण्डलीय उष्मीकरणको प्रभावले गर्मी तथा तापक्रम बढ्दै गइरहेकाले बिद्यालय सन्चालन गर्न कठिनाई भएको कारण यही जेठ २७ गते देखि ३१ गते सम्म गुलरीया नगरपालिकाले गर्मी बिदा दिने निर्णय गरेको शिक्षा साखा अधिकृत सतिस यादवले जानकारी दिए ।
नगरपालिकाले शिक्षा नियमावली २०५९(संशोधन सहित)को नियम ८५ को उपनियम ३ अनुसार सबै बिद्यालयहरुमा गर्मी बिदा दिने निर्णय गरेको शिक्षा साखा अधिकृत यादवले बताए ।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment