‘डन ३’ मा शाहरुख र अमिताभ

डिसी नेपाल
८ असार २०७९ ९:०५
312
Shares

मुम्बई। बलिउडको लोकप्रिय फिल्म ‘डन’को तेस्रो भाग निर्माण हुने भएको छ । फिल्ममा अमिताभ बच्चन र शाहरुख खान सँगै देखिनेछन्। फरहान अख्तरको कम्पनी एक्सेल इन्टरटेनमेन्ट सिक्वेलका लागि योजना बनाइरहेको छ। जसका लागि फरहान स्क्रिप्टको काममा जुटिसकेका छन्।

‘केही समययता एक्सेल कथावस्तुको अभाव भएपछि ‘डन ३’ बनाउने या नबनाउने भन्ने विषयमा अन्योलमा थियो । तर, अहिले उसले एउटा गज्जबको कथा फेला पारेको छ। त्यसकारण फिल्मका लागि तयारी पनि त्यसै अनुसार सुरु भइसकेको छ’, फिल्म निकट स्रोतले भनेको छ।

अहिले फरहानले स्क्रिप्ट लेखिरहेकाले स्क्रिप्ट लक हुनासाथ उनले यो कथा शाहरुखलाई सुनाउनेछन्। यसपटक फिल्ममा निर्माताले रणवीर सिंहलाई पनि समेट्ने योजना बनाएका छन्।

चन्द्रा बरोटद्वारा निर्देशित एक्सन—थ्रीलर फिल्म ‘डन’ सन् १९७८ मा रिलिज भएको थियो। यो फिल्ममा अमिताभका अलावा जीनत अमान, प्राण र इफ्तेखारले प्रमुख भूमिका निभाएका थिए। यो फिल्मको कथा मस्ट वान्टेड डनको वरपर घुमेको थियो । जसमा अमिताभले डनको भूमिका निभाएका थिए । उनको दोहोरो भूमिका थियो।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *