के टिबी रोगी महिलाले गर्भधारण गर्न सक्छिन् ? – Dcnepal

के टिबी रोगी महिलाले गर्भधारण गर्न सक्छिन् ?

काठमाडौं । क्षयरोग वा टिबी विश्वभर फैलिएको संक्रामक रोग हो। यो रोग माइकोब्याक्टेरियाका विभिन्न स्ट्रेनका कारणले हुने भएपनि मुख्यतया माइकोब्याक्टेरियम ट्युबरक्युलोसिस नामको ब्याक्टेरियाको कारणले लागेको पाइन्छ।

सामान्यतया क्षयरोगले फोक्सोमा आक्रमण गर्छ तर यसले शरीरका अन्य भागहरूमा पनि असर पुर्याउन सक्छ। यो रोग लागेका मानिसहरूमा यदि सक्रिय किटाणुहरू छन् भने उसले सास फेर्दा, हाच्छिउँ गर्दा वा खोक्दा निस्किने मसिना छिटाहरूको माध्यमबाट हावा हुँदै अर्को व्यक्तिमा सर्ने गर्दछ।

टीबीले पाठेघर, फेलोपियन ट्युब र प्रजनन प्रणालीमा पनि संक्रमण गर्ने गर्दछ । यदि समयमा उपचार नगर्दा यो समस्या पछि गएर बाँझोपनमा समेत परिणत हुनसक्छ । वास्तवमा, क्षयरोग पुरुष र महिला दुवैमा बाँझोपनको मूल कारण बन्न सक्ने चिकित्सकहरु बताउँछन् ।

प्रजनन अंगमा हुने टिबी

प्रजनन क्षयरोग भनेको मुख्यतया महिला वा पुरुषको प्रजनन अंगलाई असर गर्ने रोग हो । अण्डाशय, फलोपियन ट्युब, पाठेघर र योनी वा श्रोणीको वरपरको लिम्फलाई असर गर्छ। पुरुषहरूमा, यसले प्रोस्टेट ग्रंथी र अण्डकोषलाई असर गर्न सक्छस र पुरुष र महिलाहरूमा, मृगौला, मूत्रनली, र मूत्रथैली पनि प्रभावित हुन सक्छ। क्षयरोग सामान्यतया शरीरको अन्य भागहरूबाट फोक्सोमा संक्रमण गर्ने गर्दछ। प्रजनन क्षयरोगले मुख्यतया प्रसवको समयमा महिलाहरूलाई असर गर्छ र कहिले काहीं बाँझोपनको मुख्य कारणहरू मध्ये एक हुन सक्छ।

कुन उमेरमा क्षयरोग लाग्न सक्छ?

क्षयरोग जुनसुकै उमेरमा पनि हुनसक्छ, विशेषगरी १५ देखि ४५ वर्षसम्मका महिलाहरूमा जननेन्द्रियको क्षयरोग हुन सक्छ र यो समस्या मध्यम उमेरका पुरुषहरूमा देखिन्छ।

 लक्षण

महिला

जेनिटल ट्युबरकुलोसिस (टिबी) महिलाहरु गर्भधारण गर्न नसक्ने प्रमुख कारणहरु मध्ये एक हो। चिकित्सा भाषामा प्रजनन क्षयरोगले महिलामा बाँझोपनको समस्यालाई ल्याउन सक्छ । यदि यसको सही समयमा उपचार गरिएन भने यसले शरीरका अन्य अंगहरू जस्तै मस्तिष्क, मृगौला, पाठेघरको श्रोणि क्षेत्र र फलोपियन ट्युबहरूमा नराम्रो असर पार्छ।

महिलामा अनियमित महिनावारी, पेट दुख्ने, योनिबाट दुर्गन्धित रगत आउने र यौनसम्पर्कपछि रगत आउने जस्ता धेरै लक्षण देखिन्छन् । महिलाहरूको प्रजनन प्रणालीमा क्षयरोगले फलोपियन ट्यूब र पाठेघरलाई असर गर्न सक्छ। इन्डोमेट्रियमको बाहिरी तहमा यो पाठेघरको भित्तामा टाँसिन्छ। जसलाई एशेरम्यान सिन्ड्रोम भनिन्छ।

कहिले काहीं FGTB को कुनै लक्षणहरू हुँदैनन् । त्यसैले यो प्रारम्भिक चरणहरूमा यो समस्याको सही र प्रारम्भिक उपचार पाउन निकै चुनौतीपूर्ण हुन सक्छ। तसर्थ, निर्धारित लक्षणहरूको अतिरिक्त, डाक्टरहरूले मेडिकल हिस्ट्री र बिरामीको क्लिनिकल परीक्षणहरू जस्ता अन्य केही परीक्षणहरू पनि गर्छन्। पिसाब परीक्षण, सोनोग्राफी, सीटी, एन्डोमेट्रियल एस्पिरेट(वा बायोप्सी), टीबी ब्याक्टेरिया जाँच गर्नको लागि एन्डोस्कोपी जस्ता चिकित्सा परीक्षणहरू गरेर यो समस्या निश्चित रूपमा निदान गर्न सम्भव हुन सक्छ।

पुरुष

प्रजनन अंगमा हुने क्षयरोगले मुख्यतया पुरुषहरूको प्रोस्टेट ग्रन्थी, एपिडिडाइमिस र अण्डकोषलाई असर गर्छ। पुरुषहरूमा, यसले स्खलन गर्न नसक्ने, शुक्रकीटको गतिशीलतामा कमी र पिट्यूटरी ग्रन्थीले पर्याप्त हर्मोन उत्पादन गर्न नसक्ने समस्याहरू निम्त्याउन सक्छ।

टिबीका ब्याक्टेरिया खोक्दा र हाछ्युँ गर्दा हावामा निस्कने स–साना थोपाहरू मार्फत एक व्यक्तिबाट अर्को व्यक्तिमा सर्छ। यदि समयमै उपचार गरिएन भने यो मिर्गौला, पेट, मस्तिष्क, पाठेघर र फलोपियन ट्युबजस्ता सम्पूर्ण शरीरमा फैलिन सक्छ। त्यसैले समयमै उपचार गर्न जरुरी छ ।

बांझोपन परीक्षण गर्दा लक्षण र प्रकृतिका आधारमा यी समस्याहरूको उपचार गरिन्छ। अहिले पनि हाम्रो समाजमा क्षयरोगका बिरामीहरूलाई हेर्ने दृष्टिकोण फरक छ। क्षयरोगको बारेमा धेरै सामाजिक गलत धारणाहरू छन्, त्यसैले यसको निदान र उपचार गर्न गाह्रो हुन्छ।

प्रजनन अंगमा हुने टिबीको उपचार के हो ?

समयमै टिबी रोगको पहिचान भए र उपचार भएमा क्षयरोगलाई चाँडै नियन्त्रण गर्न सकिन्छ। साथै क्षयरोगको उपचार गर्दा गर्भावस्थासँग सम्बन्धित प्रजनन उपचारहरू लिन सम्भव छ। उदाहरणका लागि, इन भिट्रो फर्टिलाइजेसन वा इन्ट्रायूटरिन इन्सेमिनेशन प्रयोग गर्न सकिन्छ।

FGTB को मामला मा भ्रूण स्थानान्तरण सबैभन्दा सफल क्ष्ख्ँ उपचार भएको पाइन्छ। जबकि, पुरुषहरूमा यो समस्या टेस्टिक्युलर स्पर्म एस्पिरेसन (TESA) नामक साधारण प्रक्रियाबाट समाधान गर्न सकिन्छ। जसमा शुक्रकीट कोशिकाहरू र तन्तुहरूलाई सानो सुईको माध्यमबाट अण्डकोषबाट निकालेर अण्डालाई निषेचित बनाउन प्रयोग गरिन्छ।

यसका अलावा जीवनस्तरमा सुधार, रोग प्रतिरोधात्मक क्षमता बढाउने, खानपानमा ध्यान केन्द्रित गर्ने, भीडभाड हुने ठाउँबाट टाढै बस्ने, बीसीजी भ्याक्सिन लगाउने आदि। क्षयरोगबाट आफूलाई जोगाउनको लागि महत्त्वपूर्ण कदमहरू चाल्नु पर्छ।

Facebook Comment


सम्बन्धित खवर

ताजा भिडियो