सर्ट फिल्म अवार्डमा ‘थर्ड आई’ उत्कृष्ट

डिसी नेपाल
९ असार २०७९ १२:३४
44
Shares

काठमाडौं। दुई दर्जन नेपाली सर्ट फिल्म बीचको प्रतिस्पर्धामा ‘सर्वोत्कृष्ट सर्ट फिल्म’को अवार्ड आसुतोष प्रोडक्सनको फिल्म ‘थर्ड आई’ले जितेको छ। स्टार वन इन्टरटेनमेन्ट र विलक्षण क्रियसनले आयोजना गरेको ‘तेस्रो नेपाल सर्ट फिल्म अवार्ड २०२२’ मा ‘थर्ड आई’ उत्कृष्ट भएको हो।

प्रतिस्पर्धामा ‘थर्ड आई’का लागि ‘सोसियल फिल्म’तर्फको ‘उत्कृष्ट निर्देशकको अवार्ड’ आशुतोष अधिकारीले, अभिनेत्रीतर्फ ‘जुरी अवार्ड’ अभिनेत्री कमला अधिकारीले र केडी प्रसितले ‘सह–अभिनेता’को अवार्ड जिते।

प्रतिष्पर्धामा ‘सर्वोत्कृष्ट सर्ट फिल्म निर्देशक’को अवार्ड फिल्म ‘अवसान’बाट कल्याण अधिकारीले जित्दा ‘उत्कृष्ट अभिनेता’को अवार्ड प्रदीप बाँस्तोलाले र ‘अभिनेत्री अवार्ड’ फिल्म ‘म मेरी बहिनी र उ’बाट सुजाता तिमल्सिनाले पोल्टामा पारिन्।

त्यस्तै फिल्म ‘दानव’बाट मोहम्मद रफी शाहले निर्देशनतर्फ नै ‘जुरी अवार्ड’, फिल्म ‘१२ ए एम’बाट ‘नवनिर्देशक अवार्ड’ दिवश गिरीले जिते। ‘उत्कृष्ट छायाँकार’को अवार्ड फिल्म ‘कलेज लाइफ’बाट मनोज चौधरीले, ‘उत्कृष्ट सम्पादन’को अवार्ड फिल्म ‘इति’बाट नवीन निरौलाले प्राप्त गरेका छन्।

‘नव–अभिनेता’को अवार्ड ‘द टाईम’बाट अभिषेक खकुरेलले हात पार्दा यही फिल्मबाट सुदीप कुँवरले ‘नव–निर्देशक’को अवार्ड चुमे।

नेपाल सर्ट फिल्म अवार्डको निर्णायकमा फिल्म निर्देशक मधुसुदन भट्टराई, पत्रकार तथा फिल्म निर्देशक लक्ष्मण सुवेदी, पत्रकार विष्णुप्रसाद सुवेदी, अभिनेता विकास चापागाईं, गजित विष्ट, गोपाल ढकाल ‘छन्दे’ र फिल्म लेखक शिवम अधिकारी थिए।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *