यी तीन चिजले हड्डीलाई बनाउँछ बलियो, दैनिक खानुहोस् 

डिसी नेपाल
१० असार २०७९ १०:५८

काठमाडौँ। धेरै जसो मान्छेलाई हिँड्दा वा बस्दा हाडजोर्नी दुख्ने समस्याको सामना गर्नुपर्ने हुन्छ। हाडजोर्नी दुख्नु भनेको तपाईको हड्डी कमजोर हुनु हो। हाडजोर्नीमा दुखाइको गुनासो तपाईले प्रायः वृद्धवृद्धाहरू सुन्नु भएको होला। उमेर बढ्दै जाँदा हड्डी कमजोर हुन थाल्छ। तर अहिले हड्डी दुख्ने समस्या युवाहरुमा पनि देखिन थालेको छ। दौडधुपको जीवनमा मानिसले आफ्नो खानाको ख्याल गर्न नसकेकाले यस्तो भएको हो। क्याल्सियम हड्डी बलियो बनाउन निकै महत्वपूर्ण मानिन्छ । शरीरमा क्याल्सियमको कमीका कारण हाडजोर्नी दुख्ने समस्या उत्पन्न हुने गर्दछ।

हाडजोर्नीमा हुने दुखाईलाई हटाउन तपाईले आफ्नो दैनिक आहारमा यस्ता चीजहरू समावेश गर्नुहोस्। यद्यपि आजभोलि बजारमा धेरै प्रकारका सप्लिमेन्टहरू सजिलै पाइन्छ, तर सप्लिमेन्टभन्दा यो राम्रो हो कि तपाईले हड्डीलाई स्वाभाविक रूपमा बलियो बनाउन सक्ने चीजहरू खानुहोस्।

यी तीन कुरा हड्डीको स्वास्थ्यका लागि निकै फाइदाजनक हुन्छन्

सेलिब्रेटी न्यूट्रिशनिस्ट नमामी अग्रवालका अनुसार हड्डीको स्वास्थ्य सुधार्नका लागि तीनवटा कुराको सेवन धेरै फाइदाजनक साबित हुन सक्छ। जानौं ती तीन कुराको बारेमा-

तिल- तिलको दानामा फस्फोरस र क्याल्सियम प्रचुर मात्रामा पाइन्छ, जुन हड्डीको स्वास्थ्यका लागि निकै फाइदाजनक साबित हुन्छ।

गेडागुडी – गेडागुडी हड्डीको लागि पावर हाउसको रूपमा काम गर्दछ। यसमा म्याग्नेसियम, क्याल्सियम र फस्फोरस हुन्छ, जसले हड्डीको स्वास्थ्यलाई सुधार्न मद्दत गर्छ। त्यसैले तपाइको आहारमा गेडागुडी समावेश गर्न महत्त्वपूर्ण छ।

कोदो – कोदोमा क्याल्सियम प्रशस्त मात्रामा हुन्छ, जुन हड्डीका लागि निकै राम्रो मानिन्छ। तपाईले कोदोको विभिन्न परिकार बनाएर सेवन गर्दा यसले तपाईको हड्डी बलियो बनाउन धेरै मदत गर्दछ।

यी चीजहरू पनि दैनिक खानुहोस्। 

यी तीन कुरा बाहेक हामी तपाईलाई केहि यस्ता चिजको बारेमा पनि बताइरहेका छौँ जसको दैनिक सेवन गर्नाले हाडजोर्नी दुख्ने समस्याबाट राहत मिल्छ । ती चीजहरूको बारेमा यहाँ जान्नुहोस्-

भुईकटहर – भुईकटहरमा पोटासियम प्रचुर मात्रामा पाइन्छ, जसले शरीरमा उत्पादन हुने एसिडको स्तरलाई सन्तुलनमा राख्छ र क्याल्सियमको कमी हुनबाट पनि बचाउँछ। यसमा भिटामिन ए धेरै मात्रामा पाइन्छ।

पालुङ्गो – पालुङ्गोमा क्याल्सियमको मात्रा धेरै हुन्छ, जसले हड्डी र दाँतका लागि फाइदाजनक हुन्छ। दैनिक एक कप पकाएको पालक सेवन गर्नाले तपाईको शरीरमा हुने क्याल्सियमको कमीलाई २५ प्रतिशतसम्म पूरा गर्न सकिन्छ। यसका साथै पालकमा आयरन र भिटामिन ए उच्च मात्रामा पाइन्छ।

नट्स – क्याल्सियम हड्डीको स्वास्थ्यका लागि निकै फाइदाजनक मानिन्छ । नटमा क्याल्सियमका साथै फस्फोरस र म्याग्नेसियम पाइन्छ। म्याग्नेसियमले शरीरलाई क्याल्सियम अवशोषित गर्न मद्दत गर्छ।

केरा- केरा म्याग्नेसियमको उत्तम स्रोत मानिन्छ। यो भिटामिनले हड्डी र दाँतको स्वास्थ्यको लागि धेरै महत्त्वपूर्ण छ। यदि तपाईको हड्डी पनि कमजोर हुँदै गएको छ भने दैनिक एउटा केरा खानुहोस्।

मेवा – १०० ग्राम मेवामा २० एमजी क्याल्सियम पाइन्छ। मेवा पाचनका लागि फाइदाजनक मात्र होइन, हड्डीका लागि पनि निकै फाइदाजनक मानिन्छ। त्यसैले यसलाई आहारमा समावेश गर्नुपर्छ। तर ध्यान राख्नुहोस् कि यो सबै एकै पटक खानुको सट्टा थोरै मात्रामा सेवन गर्नुहोस्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *