परीक्षणका क्रममा ३ तला माथिबाट खस्यो कार

डिसी नेपाल
११ असार २०७९ ९:५४
216
Shares

काठमाडौं । चिनियाँ विद्युतीय कार कम्पनी निओले सांघाईमा रहेको आफ्नो कम्पनीको मुख्यालयको तेस्रो तल्लाबाट कार खसेर दुई जनाको मृत्यु भएको जनाएको छ । दुर्घटनामा मृत्यु हुने एकजना कम्पनीका कर्मचारी र अर्का साझेदार कम्पनीका कर्मचारी रहेको कम्पनीले जनाएको छ ।

स्थानीय समय अनुसार बुधबार साँझ करिब १७.२० बजे उक्त घटना भएको कम्पनीले जनाएको छ । कार तेस्रो तलाबाट खस्दा त्यसमा चालकसहित दुई जना सवार थिए । नियोले आफूले तत्काल सरकारी अधिकारीसहित घटनाको अनुसन्धान थालेको बताएको छ ।

कार खसेको भवनको तेस्रो तल्ला कम्पनीको शोरुम, टेस्टिङ सेन्टर र कार पार्किङका लागि प्रयोग भइरहेको विभिन्न विवरणमा उल्लेख छ । कम्पनीले एक विज्ञप्ति जारी गर्दै भनेको छ, “कम्पनीले सार्वजनिक सुरक्षा विभागसँगको सहकार्यमा यस विषयमा अनुसन्धान थालेको छ र दुर्घटनाको कारणबारे अनुसन्धान गरिरहेको छ। दुर्घटनास्थलको प्रारम्भिक विश्लेषणले यो दुर्घटना भएको पुष्टि भएको छ र यो कारको कारणले भएको होइन।”

विज्ञप्तिमा भनिएको छ, “हामी यस दुर्घटनाबाट गहिरो दुःखी छौं। साझेदार कम्पनीका कर्मचारी र कर्मचारीका परिवारमा हाम्रो समवेदना छ। दुवैको परिवारलाई सहयोग गर्न टोली गठन गरिएको छ।” निओले चिनियाँ सामाजिक सञ्जाल वेइबोमा घटनाको बारेमा एक बयान जारी गर्‍यो। स्टेटमेन्ट पोस्ट गरेको आधा घण्टा भित्रमा करिब एक हजारले कमेन्ट गरेपछि कम्पनीले यो पोस्ट हटायो ।

कम्पनीले ‘दुर्घटनामा गाडी जिम्मेवार छैन’ भनेर गरेको टिप्पणीप्रति सामाजिक सञ्जालमा मानिसहरूले असन्तुष्टि व्यक्त गरेका छन्। एक प्रयोगकर्ताले लेखे, “यसले पुँजीवादको चरित्र देखाउँछ।” अर्को कमेन्टमा लेखिएको छ, “कथनको अन्तिम वाक्य कति बोल्ड छ। परिक्षण चालकहरू गाडीको परीक्षण गर्न आएका थिए र तपाईं दुर्घटना सवारी साधनसँग सम्बन्धित छैन भन्दै हुनुहुन्छ?”

अर्को वेइबो प्रयोगकर्ताले लेखे, “यो दुर्घटना हो वा होइन भन्ने सार्वजनिक सुरक्षा विभागले पुष्टि गर्नुपर्छ।” यसपछि कम्पनीले आफ्नो विज्ञप्तिमा केही परिमार्जन गरी सामाजिक सञ्जालमा पुनः पोस्ट गरेको छ । परिमार्जित कथनले घटनालाई दुर्घटना भनेको छ र थपेको छ “दुर्घटना कारको कारणले भएको होइन।”

यो नयाँ वक्तव्यपछि सामाजिक सञ्जालमा आएका अधिकांश कमेन्टमा ‘रिप’ (रेस्ट इन पिस अर्थात मृतकको आत्माले शान्ति पाओस) भन्ने टिप्पणी गरेका थिए । निओ एक चिनियाँ स्वदेशी कम्पनी हो जुन यहाँको इलेक्ट्रिक कार बजारमा प्रभुत्व जमाउन चाहन्छ।

ब्याट्री बारम्बार चार्ज गर्ने उपभोक्ताको समस्या समाधान गर्न यस कम्पनीले इन्टरचेम्बल ब्याट्रीको प्रयोगमा जोड दिइरहेको छ । चिनियाँ बजारमा यो कम्पनीले एलोन मस्कको इलेक्ट्रिक कार निर्माता टेस्लासँग प्रतिस्पर्धा गरिरहेको छ । टेस्लाको पनि सांघाईमा ठूलो कारखाना छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *