अल जजीराकी पत्रकार शिरिनको हत्या इजरायली सेनाले नै गरेको हो – संयुक्त राष्ट्रसंघ
काठमाडौं । संयुक्त राष्ट्र संघले यस वर्ष मे ११ मा कतारको न्युज च्यानल अल जजिराकी संवाददाता शिरिन अबु अक्लेहलाई इजरायली सेनाले गोली हानेर मारेको बताएको छ ।
संयुक्त राष्ट्र मानव अधिकार कार्यालयकी प्रवक्ता रविना शामदासानीले जेनेभामा शुक्रबार भनिन्, “हामीले सङ्कलन गरेका सबै जानकारीबाट निष्कर्ष निकालिएको छ कि अबु अक्लेहलाई मार्ने र उनका सहकर्मी अली सम्मुदीलाई घाइते बनाउने गोलीहरू सशस्त्र प्यालेस्टिनीहरूबाट नभई इजरायली सुरक्षा बलहरूबाट आएको हो ।”
Our independent monitoring is consistent with the finding that the shots that killed #ShireenAbuAkleh came from Israeli Forces.
UN Human Rights Chief @mbachelet continues to urge Israeli authorities to open a criminal investigation.https://t.co/tZGLtoNRmg pic.twitter.com/BfxfhR5kqm
— UN Human Rights (@UNHumanRights) June 24, 2022
शामदासानीले भनिन् कि संयुक्त राष्ट्र मानव अधिकार कार्यालयले सङ्कलन गरेको जानकारीअनुसार पनि “पत्रकारको वरिपरि सशस्त्र प्यालेस्टिनीहरूको कुनै गतिविधि थिएन।”
संयुक्त राष्ट्र मानवअधिकार कार्यालयले गरेको ट्वीटमा यस संस्थाकी प्रमुख मिशेल बाचेलेटले इजरायली अधिकारीहरूलाई आपराधिक अनुसन्धान सुरु गर्न अनुरोध गरेकी छिन् ।
शिरिन अबु अक्लेहलाई मे ११ मा मारिएको थियो, जब उनी इजरायली आक्रमण कभर गर्न वेस्ट बैंकको शहर जेनिन आइपुगेकी थिइन्।
एसोसिएटेड प्रेस (एपी) समाचार एजेन्सीका अनुसार शिरीन अक्लेह अरबी भाषाको प्रसारक अल-जजीराका लागि एक प्रसिद्ध प्यालेस्टिनी महिला रिपोर्टर थिइन्।
समाचार अनुसार गोली लागेर उनको मृत्यु भएको थियो । उक्त आक्रमणमा अर्का प्यालेस्टिनी पत्रकार घाइते भएका छन् ।
कतारको न्यूज च्यानल अल जजिराले इजरायली सेनालाई हत्या गरेको आरोप लगाएको छ । च्यानलमा प्रसारित एक विज्ञप्तिमा, अल-जजीराले आफ्ना सहयोगी अबु अक्लेहको जानाजानी हत्याको लागि इजरायली सेनाको निन्दा र जिम्मेवारी निर्धारण गर्न अन्तर्राष्ट्रिय समुदायलाई आह्वान गरेको छ।







डिसी नेपाल







Facebook Comment