राहुल गान्धीको कार्यालयमा आक्रमण
काठमाडौं । केरलामा भारतीय कांग्रेस नेता राहुल गान्धीको वायनाडको कार्यालयमा आक्रमण भएको छ ।
आन्ध्र प्रदेश युवा कांग्रेसले आक्रमणको लागि केरलाको वाम सरकार र एसएफआई कार्यकर्ताहरूलाई दोष लगाएको छ। केरला सरकारले गुंडागर्दीलाई बढावा दिइरहेको पनि आरोप लगाएको छ ।
A complete state of Anarchy in Kerala!
SFI Workers attack Shri Rahul Gandhi’s Wayanad office. The extremism in the left-wing politics of Kerala is out in open.
Why is Kerala Government promoting such hooliganism in Kerala? The goon should be identified and put behind the bars pic.twitter.com/PeZuHhmCnD
— Andhra Pradesh Youth Congress (@AP_pyc) June 24, 2022
राहुल गान्धी केरलाको वायनाड सिटबाट सांसद हुन्।
केरलाका मुख्यमन्त्री पिनाराई विजयनले ट्वीट गर्दै आक्रमणको निन्दा गरेका छन् । उनले भने, ‘हाम्रो देशमा प्रजातान्त्रिक ढंगले आफ्नो विचार व्यक्त गर्ने र विरोध गर्ने अधिकार सबैलाई छ । यस्तो आक्रमण गलत हो र दोषीलाई कडा कारबाही गरिनेछ।’
Strongly condemn the offence on @RGWayanadOffice. In our country everyone has the right to air their opinions and protest democratically. However, that shouldn’t result in excess. It is a wrong tendency. Strict action will be taken against the culprits.
— Pinarayi Vijayan (@pinarayivijayan) June 24, 2022
आन्ध्र प्रदेश युथ कांग्रेसको ट्विटर ह्यान्डलबाट जारी गरिएको भिडियोमा केही व्यक्ति हातमा झण्डा लिएर पर्खालको पछाडि चढेर कार्यालय भित्र पसिरहेका देख्न सकिन्छ ।
यससँगै केही अन्य भिडियोहरू छन् जसमा केही व्यक्तिले अफिसभित्रै एक व्यक्तिलाई कुटपिट गरेको देखिन्छ ।
These goons should be identified very soon & kept behind the bars. Unacceptable act by SFI Goons. Where is the law & where is the order @CMOKerala pic.twitter.com/NaoUZ3DP4i
— Andhra Pradesh Youth Congress (@AP_pyc) June 24, 2022







डिसी नेपाल







Facebook Comment