अमेरिकी सर्वोच्च अदालतको फैसलाप्रति बेलायती प्रधानमन्त्रीले भने– पछाडितर्फ ठूलो कदम

डिसी नेपाल
११ असार २०७९ १३:३४
496
Shares

लन्डन।बेलायती प्रधानमन्त्री बोरिस जोनसनले शुक्रबार अमेरिकी सर्वोच्च अदालतले गर्भपतनसम्बन्धी गरेको फैसलालाई ‘पछाडितर्फ ठूलो कदम’ भनेका छन् ।रुवान्डाको राजधानी किगालीमा कमनवेल्थ सरकार प्रमुखहरूको बैठकका क्रममा जोनसनले अमेरिकी सर्वोच्च अदालतको फैसलाले ‘विश्वभरका मानिसहरूको सोचमा ठूलो प्रभाव पारेको’ बताए ।

‘मलाई लाग्छ कि यो पछाडितर्फ ठूलो कदम हो । म सधैं महिलाको छनौट गर्ने अधिकारमा विश्वास गर्छु । म त्यो दृष्टिकोणमा अडिग छु । तसर्थ, बेलायतमा कानुन छ ’, उनले भने ।

अमेरिकी सर्वोच्च अदालतले एउटा महत्वपूर्ण फैसलामा शुक्रबार देशव्यापी रूपमा गर्भपतनलाई वैद्य हुने ५० वर्षअघिको एउटा आदेशलाई उल्ट्याइदिएको थियो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *