ट्रकमा तेल भर्न ५ दिनदेखि लाइनमा बसिरहेका ड्राइभरको मृत्यु

डिसी नेपाल
११ असार २०७९ १४:१२

काठमाडौं । गम्भीर आर्थिक संकटको सामना गरिरहेको श्रीलंकामा इन्धनको लागि संघर्ष जारी छ । संकटग्रस्त श्रीलंकाका पेट्रोल पम्पहरूमा इन्धनका लागि लामो लाइन छ । अवस्था यति नाजुक छ कि मानिसहरू धेरै दिन लाइनमा बसेर आफ्नो पालो पर्खिरहेका छन्। हालसम्म पेट्रोल पम्पमा इन्धन भर्न कुर्दै गर्दा १० जनाको ज्यान गएको घटना भएको छ ।

समाचार एजेन्सी पीटीआईका अनुसार श्रीलंकाको पश्चिमी प्रान्तमा पेट्रोल पम्पमा इन्धन लिन लाइनमा बसेका ट्रक चालकको मृत्यु भएको छ। पाँच दिनसम्म पेट्रोल पम्पमा लाइनमा पालो पर्खिरहेका ट्रक चालकको मृत्यु भएको हो । यो घटना श्रीलंकाको पश्चिमी प्रान्त अंगुरवाटोटाको हो । यस घटनाबारे प्रहरीले विज्ञप्ति पनि जारी गरेको छ ।

श्रीलंकाली प्रहरीले ट्रक चालक आफ्नै गाडीमा मृत फेला परेको जनाएको छ । पेट्रोल पम्पमा इन्धनका लागि पाँच दिनसम्म लाइनमा बसेपछि ट्रक चालकको मृत्यु भएको हो । मृतकको उमेर ६३ वर्ष रहेको बताइएको छ । श्रीलंकामा इन्धनका लागि लाइनमा बसेर मृत्युको यो १० औं घटना हो। रिपोर्टका अनुसार लाइनमा बसेर मृत्यु हुने अधिकांश घटनाको कारण हृदयघात भएको बताइएको छ ।

श्रीलंकामा इन्धन संकटका बीच संसदको अधिवेशन पनि बीचमै रोक्नु परेको थियो । श्रीलंकाको संसद अधिवेशन जुन २१ बाट सुरु भई जुन २४ सम्म चल्ने थियो तर इन्धन संकटका कारण चारदिने संसद अधिवेशन दुई दिनमा सकिएको थियो । श्रीलंकाको संसदमा सदनका नेता दिनेश गुणवर्धनले संसदको अधिवेशन कटौतीको घोषणा गरेका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *