सोरुका किसानलाई मौरी र बाकस वितरण

डिसी नेपाल
११ असार २०७९ १४:२४
28
Shares

मुगु। हिमाली जिल्ला मुगुका किसानलाई मौरी र मौरी पाल्न मिल्ने बाकस वितरण गरिएको छ । सोरु गाउपालिका वडा नम्बर १, २ र ४ का तीन जनालाई व्यवसायीक रुपमा मौरी पाल्न मिल्ने गरी मौरी र बाकस वितरण गरिएको हो ।

टिडी एज बिएम जेट जर्मनको आर्थिक सहयोग, हुरेन्डेक नेपाल कालिकोटको कार्यान्वयन, मालिका सामुदायिक विकास केन्द्र मुगुको सहजीकरणमा सञ्चालित हिमाली ग्रामीण क्षेत्रमा दिगो जीविकोपार्जन तथा जैविक विविधता संरक्षण परियोजनाअन्तर्गत उनीहरूलाई मौरी वितरण गरेको मालिका सामुदायिक विकास केन्द्र मुगुका जिल्ला संयोजक निरु शाहीले बताइन ।

उनका अनुसार कृषि समूहअन्तर्गत सोरु गाउपालिका–१ का मनदेवी शाही, वडा नम्बर २ बाँचेका नाथ योगी र वडा नम्बर ४ का साउनी बुढालाई मौरीसहित बाकस वितरण गरिएको हो । यस्तै, मौरी संरक्षणमा आवश्यक पञ्जा, हेल्मेट, चक्कु पनि वितरण गरिएको छ ।

 


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *