रुसले बेलारुसलाई आणविक हतियार बोक्न सक्ने मिसाइल उपलब्ध गराउने
मस्को। ‘आक्रामक’ पश्चिमको सामना गर्न रुसले बेलारुसलाई आणविक हतियार बोक्न सक्ने मिसाइल प्रणाली उपलब्ध गराउने भएको छ। रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले बेलारुसका आफ्ना समकक्षीलाई मस्कोले मिन्स्कलाई उक्त मिसाइल प्रणाली उपलब्ध गराउने बताएको रुसी विदेश मन्त्रालयले जनाएको छ।
आफ्ना छिमेकीहरू लिथुआनिया र पोल्याण्डको ‘द्वन्द्वात्मक’ र ‘घृणित’ नीतिहरूको बारेमा चिन्ता व्यक्त गर्दै बेलारुसका राष्ट्रपति अलेक्ज्याण्डर लुकासेन्कोले पुटिनसँग सहयोगका लागि अनुरोध गरेका थिए । त्यसको जबाफमा पुटिनले लुकासेन्कोलाई बेलारुसको रुसी निर्मित एसयु–२५ अपग्रेड गर्न सकिने आश्वासन दिए।
बैठकबारे विदेश मन्त्रालयले पुटिनलाई उदृत गर्दै भनेको छ, ‘हामी बेलारुसलाई इस्कन्डर–एम रणनीतिक मिसाइल प्रणाली हस्तान्तरण गर्नेछौं, जसले ब्यालिस्टिक र क्रूज मिसाइलहरू दुवै परम्परागत र आणविक भर्सनमा प्रयोग गर्न सक्छ।
बेलारुस र उसको नजिकको सहयोगी रूसलाई एउटै छातामुनि राख्दै लुकासेन्कोले भने, ‘ब्रेस्टदेखि भ्लादिभोस्तोकसम्म हाम्रो मातृभूमिको रक्षाका लागि गम्भीर हतियारको प्रयोग गर्नदेखि जुनसुकै कुराको लागि मिन्स्क तयार हुनुपर्छ।’
No ads found for this position

डिसी नेपाल
Facebook Comment