योगी आदित्यनाथ चढेको हेलिकप्टरमा चरा ठोकियो

डिसी नेपाल
१२ असार २०७९ ११:४२

काठमाडौं । उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथको हेलिकप्टरले आइतबार वाराणसीमा आपतकालीन अवतरण गरेको छ ।

हेलिकप्टरसँग चरा ठोक्किएपछि आकस्मिक अवतरण गरिएको थियो । अहिले मुख्यमन्त्री पूर्णतया सकुशल छन् ।

हेलिकप्टरको आपतकालीन अवतरणपछि सीएम योगीका लागि राज्यको विमान पठाइनेछ, जहाँबाट उनी लखनउ प्रस्थान गर्नेछन्।

सीएम योगी शनिबारदेखि दुई दिने वाराणसी भ्रमणमा थिए।

डीएम वाराणसीले पनि यस कुराको पुष्टि गर्दै मुख्यमन्त्री र उनका कर्मचारीहरू सुरक्षित रहेको बताए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *