राजु लामाको स्वरमा रहेको ‘ठूली’ सार्वजनिक

डिसी नेपाल
१३ असार २०७९ १६:२५

काठमाडौं। भर्खरै सगरमाथाको सफल आरोहण गरेर फर्केका लोकप्रिय गायक राजु लामाको स्वरमा रहेको ‘ठूली’ सार्वजनिक भएको छ ।राजु लामा र तारा शिरिष मगरको सुमधुर स्वरमा रहेको ठूलीको म्युजिक भिडियोलाई नेपाल इन्टरटेनमेन्ट प्रा. लि ले सार्वजनिक गरेको हो । यस गीतमा शब्द कौडा बुढा मगरको रहेको छ भने सङ्गित सरोज लामाको रहेको छ ।

त्यसैगरी यस भिडियोमा आकाश श्रेष्ठ र बिना राउतको अभिनय गरेका छन् । अर्जुन तिवारीले छायाङ्कन गरेको यस भिडियोलाई शान थापाले निर्देशन गरेका हुन ।त्यस्तै उक्त गीतको भिडियो नेपालमय युट्युब च्यानलमार्फत सार्वजनिक भएको छ।

भिडियो

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *