‘हङकङको तैरिने रेस्टुरेन्ट डुबेको होइन, पल्टिएको मात्र हो’

डिसी नेपाल
१४ असार २०७९ १२:३३
268
Shares

हङकङ। हङकङको जम्बो तैरिने रेस्टुरेन्टबारे विवरण थप रहस्यमय बन्दै गएको छ। रेस्टुरेन्ट पल्टिएको मात्र विवरण सार्वजनिक भएपछि दुर्घटना थप रहस्य बनेको हो। यसअघि सो रेस्टुरेन्ट डुबेको विवरण सार्वजनिक भएको थियो।

सोमबार एबरडीन रेस्टुरेन्ट इन्टरप्राइजेजले एक विज्ञप्ति जारी गर्दै उक्त जहाज आइतबार दक्षिण चीन सागरको पारासेल टापु नजिकै ‘प्रतिकूल अवस्थाको सामना’ गरेपछि पानीमा पल्टिएको बताएको छ।

घटनास्थलमा पानीको गहिराई १ हजार मिटरभन्दा बढी भएको र यसले उद्धार कार्य प्रभावित भएको विज्ञप्तिमा जनाइएको छ। बिहीबार राति हङकङको सामुद्रिक विभागले एक विज्ञप्ति जारी गर्दै घटनाबारेमा मिडिया रिपोर्टहरूबाट मात्र थाहा पाएको जनाएको थियो।

यसअघि अज्ञातस्थलतर्फ जाने क्रममा सो रेस्टुरेन्ट डुबेको जनाइएको थियो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *