अभिनयबाट ब्रेक लिँदै नागार्जुन

डिसी नेपाल
१६ असार २०७९ १३:०८

मुम्बई। साउथ सुपरस्टार नागार्जुन अक्किनेनीले केही समयका लागि फिल्मबाट ब्रेक’ लिने भएका छन्। उनले बिग बोस तेलुगु सिजन ६ को सुटिङका लागि फिल्मबाट टाढिन लागेका हुन्।

नागार्जुन अयान मुखर्जीको फिल्म ‘ब्रह्मास्त्र’मार्फत बलिउडमा कमव्याक गर्दैछन्। यो बीचमा उनी कुनै पनि नयाँ प्रोजेक्टमा देखिने छैनन् । उनले यो अवधिमा उनले कुनै पनि नयाँ फिल्मसँग सम्झौता पनि नगर्ने योजना बनाएका छन्।

बिग बोस आगामी सेप्टेम्बर ४ बाट सुरु हुँदै छ। त्यसका लागि निर्माताले तयारी सुरु गरिसकेका छन्। नागार्जुन चौथोपटक बिग बोस तेलुगु होस्ट गर्दैछन् । उनी सन् २०१९ देखि यो शोमा देखिँदै आएका छन्। उनले बिग बोसको ओटीटी भर्सनको पहिलो सिजनको होस्ट गरेका थिए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *