‘विक्रम रोना’ मा किच्चाको पारिश्रमिक १५ करोड
मुम्बई। कन्नड सुपरस्टार किच्चा सुदीप हालका दिनमा आफ्नो फिल्म ‘विक्रम रोना’का कारण चर्चामा छन्। फिल्मलाई हिन्दीमा सलमान खानले प्रस्तुत गर्दैछन्। सलमान किच्चाका मिल्ने साथी हुन्। फिल्ममा ज्याकलिन फर्नान्डिजको पनि अभिनय छ ।
यो फिल्मको बजेट करिब ९५ करोड हो। फिल्मका लागि किच्चाले झन्डै १५ करोड रुपैंयाँ पारिश्रमिक बुझेका छन्। कन्नड फिल्ममा यति धेरै पारिश्रमिक लिने कलाकार कमै मात्र छन्।
फिल्म ‘विक्रम रोना’ एक हरर एडभेञ्चरस फिल्म हो। फिल्ममा किच्चा एक प्रहरी अधिकृतको भूमिकामा देखिँदैछन्।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment